झापा, भदौ १४ । झापाको अर्जुनधारा ६ स्थित बिहानी टोलमा सोमबार बिहान एक महिलाको शव फेला परेको छ।
अन्दाजी ३५ वर्षीया सावित्रा खड्का विश्वकर्माको शव फेला परेको प्रहरीले जनाएको छ।
स्थानीय सुजन च्याउ उधोगको कम्पाउन्ड अगाडिपट्टि हातमा पैसा समाएको अवस्थामा सावित्राको शव फेला परेको हो।
उनको परिवार लामो समयदेखि अर्जुनधारा ६ मा डेरामा बस्दै आएको स्थानीयबासीले बताएका छन्।
आइतबार साँझ सावित्राको उनकै पतिसंग सामान्य विवाद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
तर उनको मृत्युको कारण विवाद हो/होइन भन्ने कुराको टुंगो अनुसन्धानपछि लाग्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्त प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए।

