राजनीति

झापाको बाह्रदशीमा कांग्रेसको प्यानलै विजयी

झापा । नेपाली काँग्रेसले झापामा बाह्रदशी गाउँपालिकाबाट विजयी सुरुवात गरेको छ ।

बाह्रदशी वडा नम्बर १ मा काँग्रेसले वडा अध्यक्षसहित सबै सदस्य जितेका छन् । काँग्रेसबाट उम्मेदवार बनेका वडा अध्यक्ष टेक बहादुरसिंह राजवंशी १६ मत अन्तरले विजयी भएका हुन् । 

राजवंशीले ५७९ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेका शम्भु सिंह राजवंशीले ५६३, राप्रपाका तेज बहादुर राईले ५३९ र माओवादी केन्द्रका भूमिराज थापाले ५३७ मत ल्याएका छन् ।

त्यस्तै वडा सदस्यहरूमा काँग्रेसकै विजयप्रसाद अधिकारी, सम्पातलाल गिरी, निर्मला राई र गायत्री ऋषिदेव विजयी भएका छन् । बाह्रदशीमा अध्यक्ष र उपाध्यक्ष पदमा काँग्रेस र माओवादी केन्द्रले गठबन्धन गरे पनि वडाहरूमा सबै राजनीतिक दलका उम्मेदवारहरू एक्ला एक्लै चुनावी मैदानमा उत्रिएका छन् ।