बाहुण्डाँगी । विश्व वातावरण दिवसको अवसरमा बर्दघाट जेसीजले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बर्दघाट ४ स्थित पर्या पर्यटन पार्क जाने बाटोमा सौन्दर्य बढाउने खालका विरुवा रोपिएको बर्दघाट जेसीजका बर्ष २०२२ का अध्यक्ष जेसी दिनेश न्यौपानेले बताए । जेसीजले पर्या पर्यटन पार्क संगै बर्दघट बजारमा रहेको शिवालय मन्दिर परिसरमा कल्की र धुपीका विरुवाहरु रोपिएको थियो । बृक्षारोपण कार्यक्रममा बर्दघाट जेसीजका संस्थापक जेसी अध्यक्ष राजु न्यौपानेले विरुवा रोपेर बृक्षारोपण कार्यक्रमको सुरुवात ृगर्नुभएको थियो । बृक्षारोपण कार्यक्रमको संयोजकको रुपमा जेसी नारायण भण्डारी रहेका थिए ।

