संघ \संस्था

पोखरा लेडी जेसीजद्धारा आश्रममा भोजन

बाहुण्डाँगी माघ १४ । पोखरा लेडी जेसीजले बुधवार केदारेश्वर माआश्रित बटुक , पुजारी तथा आश्रममा आश्रित अन्य व्यक्तिहरु भोजन खुवाने कार्य सम्पन्न भएको छ । उक्त पोखरा लेडी जेसिज वर्ष २०२० का अध्यक्ष कमला शर्मा कँडेल (बिनिता ) सभापतित्व तथा केदारेश्वरमढी मन्दिर आश्रम पिठाधिश डा. लेखनाथ आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विश्व हिन्दु महासंघ अध्यक्ष सबिना अधिकारी क्षेत्री, विश्व हिन्दु महासंघ पोखरा नगर समितिका वरिष्ठ उपाध्यक्ष युवराज श्रेष्ठ, विश्व हिन्दू महासंघ का सचिव तथा पोखरा जेसीज का पुर्व अध्यक्ष शिव कोइराला र पोखरा लेडी जेसीजको निवर्तमान अध्यक्ष शोभा भुजेल, पुर्व अध्यक्ष सन्तु पौडेल, पूर्व अध्यक्ष सपना गिरी, लेडी जेसीज का सदस्यहरु को उपस्थिति रहेको थियो ।

को समुद्घटान सोओस्ती पाठ बाट भयो, आस्था पाठ शकुन्तला पौडेल ,स्वागत मन्तव्य सरू पनेरुले गरेका थिए । उक्त कार्य पोखरा लेडी जेसीज का सचिव सुमित्रा कोइरालाको बैबाहिक वर्ष गाँठको अवसरमा भोजन खुवाउने कार्यक्रमलाई सहकार्य गर्नु भएको थियो कार्यक्रमको संचालन पोखरा लेडी जेसीजका सचिव सुमित्रा कोइराला ज्यू ले गर्नु भएको थियो ।