बाहुण्डाँगी । यहि भदौ ३ र ४ गते हुन लागेको नेपाल जेसीजको क्षेत्र ख सम्मेलनको तयारी धमाधम भइरहेको छ । गोर्खा जेसीजको आतिथ्यतामा हुन लागेको सम्मेलनको निर्देशकमा शाखाका पूर्व अध्यक्ष भगवानबाबु मास्के चयन हुनु भएको छ । ऐतिहासिक र पौराणिक नगरी गोर्खामा हुने सम्मेलनका लागि २००९ का अध्यक्ष मास्केलाई निर्देशकमा चयन गरिएको हो ।
क्षेत्र ख का ३९ वटा शाखाका ५ सय भन्दा बढी जेसीज सदस्यहरुको सहभागिता रहेन छन् । सम्मेलनका लागि आर्थिक समितिको संयोजक शाखाका कोषाध्यक्ष राजेश श्रेष्ठ रहनु भएको छ भने आवासको संयोजकमा कार्यकारीणी उपाध्यक्ष काजीराम दानी रहनु भएको छ ।

नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको जन्मजिल्ला समेत रहेको गोर्खा सम्मेलन सफल बनाउन विभिन्न समिति तथा उपसमितिहरु निरन्तर काम गर्दै आएको र सम्मेलन उत्कृष्टतासहित सफल बनाउने अभियानमा रहेको शाखाका अध्यक्ष शैलेन्द्र भट्टले बताउनु भयो । पालुङ सम्मेलनबाट २०२२ को सम्मेलन गर्ने अवसर पाएको गार्खाका लागि यो सम्मेलन अवसर र चुनौती दुवै भएको शाखाका निवर्तमान अध्यक्ष प्रविण बस्नेतले बताउनु भयो । सम्मेलन आउन करिब १ महिना बाँकी छ ।

