संघ \संस्था

रजहर जेसीज क्षेत्र ‘घ’ को उत्कृष्ट शाखा

बाहुण्डाँगी । रजहर जेसीजले सेप्टेम्बर महिनाको उत्कृष्ट शाखा अवार्ड प्राप्त गरेको छ । बुधवार नेपाल जेसीजले सार्वजनिक गरेको अवार्डको नतिजा अनुसार क्षेत्र घ को उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै रहजर जेसीजलाई अवार्ड प्रदान गरेको हो । नेपाल जेसीजका अध्यक्ष सिनेटर लालमणी भण्डारीको राष्टिय प्रकरण प्रभावका लागि कार्य भन्ने नारालाई सार्थक रुप दिन यो शाखाले सुरुका दिनदेखि काम गर्दै आएको थियो । हरेक समय युवाहरुलाई रोजगारीमुलक बनाउनु पर्छ भन्ने उदेश्यले यस क्षेत्रका हरेक मानिसलाई सीपमुलक तालिम प्रदान गर्दै आएको थियो । अवार्ड प्राप्त गरेपछि शाखाका अध्यक्ष ईश्वर लोहनीले कामको सहि मुल्याङन भएकोमा नेपाल जेसीजलाई धन्यवाद ज्ञापन गर्नु भयो । साथै उहाँले शाखाका सबै सहयोगीहरुलाई आभार व्यक्त गर्नु भयो ।