काठमाण्डौं, श्रावण १७ । नेपाली सेनाले प्रयोग गर्ने पोसाकको जथाभावीरुपमा प्रयोग हुन थालेपछि सरकारले आम नागरिकलाई निषेध गर्ने भएको छ । गृह मन्त्रालयले नेपाली सेनासँग मिल्दो कपडा बिक्रीमा रोक लगाउन देशभरका स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।
पछिल्लो समय नेकपा विप्लव समूहले समेत सेनाले प्रयोग गर्ने पोशाक लगाएर विस्फोट गराउने, प्रहरीमाथि आक्रमण गर्नेजस्ता गतिविधि गरेपछि सरकारले सैनिक पोसाकको प्रयोगमा निषेध गर्ने नीति लिएको गृह मन्त्रालयले जनाएको छ ।

