विविध

शालिकराम मृत्यु प्रकरणमा चर्चित पत्रकार रवी लामिछाने पक्राउ

काठमाण्डौं, श्रावण ३० । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका चर्चित पत्रकार रवी लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लामिछानेलाई पानीपोखरीस्थित न्युज–२४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको हो । चितवन प्रहरीको आग्रहमा महानगरीय प्रहरी परिसर काठमाण्डौंले लामिछानेलाई पक्राउ गरेको गरिएको जनाएको छ ।
लामिछाने न्युज–२४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संयोजक हुन् । पत्रकार पुडासैनीले साउन २० मा आत्महत्या गर्नुअघि ‘अस्मिता’ भन्ने रुकु कार्की, पत्रकार रवी लामिछाने र युवराज कँडेलले अ‍ाफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरिएको भिडियो सार्वजनिक भएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

Leave a Reply

Your email address will not be published.