युवराज रेग्मी
झापा । झापाको गौरादहमा सास्कृतिक महोत्सव २०८० संचालन हुनेभएको छ । यहि माघ ११ गते देखि २५ गतेसम्म लायन्स क्लब अफ गौरादह युनाइटेडको आयोजनमा बृहत साङ्गितिक सास्कृतिक महोत्सव संचालन गर्न लागिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा स्थानिय कलाकारको साथमा दैनिक ख्यातिप्राप्त रास्टिय कलाकारहरुको प्रस्तुतिरहने आयोजकले आइतबार गौरादह डिपु स्थित माछापुच्छ्रे होटलमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
काठमाडौको जे. एस.फिल्म्सको प्राबिधिक सहयोगमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको क्लबका अध्यक्ष इन्जिनियर भानु आचार्यले जानकारी दिए । “हाम्रो सस्कृती हाम्रो पहिचान ” नारा सहित सञ्चालन गर्न लागिएको मेला स्थलमा रोटेपिङ , कोलम्बस लगायतका मनोरञ्जनात्मक खेलहरु रहले जे. एस. फिल्म्सका संचालक सन्जोग राणाले बताए ।
लागुऔषध दुर्ब्यसन नियन्त्रण अभियान प्रयोजनार्थ आर्थिक संकलनका निम्ति लायन्स क्लब अफ गौरादह युनाइटेडले सञ्चालन गर्न लागेको मेलामा सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत दुबै मृगौला पिडित मदन के. शी. को उपचारका निम्ति पनि आर्थिक सहयोग गरिने जे. एस. फिल्म्सले जनाएको छ ।

