राजनीति

एमालेले गर्यो सहिदको सम्झनामा इटाभट्टा चोकमा दिप प्रज्वलन

मेचीनगर । नेकपा एमाले मेचीनगर ७ वडा कमिटीले सहिद दिवसको अवसरमा सहिदलाई सम्झदै इटाभट्टा चोकमा दिप प्रज्वलन गरेको छ । मेचीनगर ७ का वडाध्यक्ष प्रल्हादमणी ओलीको प्रमुख आतिथ्य सम्पन्न कार्यक्रममा मेचीनगर ७ का एमाले नेता तथा कार्यकर्ता संगै अन्य राजनीति दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष ओलीले देशमा अहिले जेजति उपलब्धि छन् त्यो सहिदको त्याग र बलिदानबाट मात्रै सम्भव रहेको बताए । उनले सहिदको बलिदानलाई उच्च सम्मान गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा सबै जोडिनु पर्ने बताए ।

नेकपा एमाले मेचीनगर ७ वडा कमिटी अध्यक्ष दावा तामाङको अध्यक्षता आयोजित कार्यक्रमको सञ्चालन सचिव सुशील धितालले गरेका थिए ।