शिक्षा

विविध कार्यक्रमका बीच युनिक बोर्डिङ स्कुलको २१ औं वार्षिकोत्सव सम्पन्न

चारआली । झापाको मेचीनगर-१२ शहरेडाँगीकाे युनिक अङ्ग्रेजी बोर्डिङ स्कुलको २१ औं वार्षिकोत्सव विविध कार्यक्रमका बीच शनिबार सम्पन्न भएको छ । विद्यार्थीले विद्यालयमा वार्षिक रुपमा सिकेका नृत्य, स्पिच , कला तथा सांगीतिक प्रस्तुति गर्दै वार्षिकोत्सव सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यालयको नर्सरीदेखि १० कक्षा अध्ययनरत विद्यार्थीहरुले एकल तथा सामुहिक नृत्य र गीत प्रस्तुत गरेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि प्याब्सन झापाका अध्यक्ष छ्त्रबहादुर कार्कीले विद्यार्थीले घर र विद्यालयमा आर्जन गरेको शिक्षासँगै ज्ञान र सीपलाई ब्यवहारमा परिणत गर्नुपर्नेमा जोड दिए ।
उनले युनिक बोर्डिङ स्कुलको मेहनतले नै विद्यार्थीले आर्जन गरेको शिक्षा र अतिरिक्त क्रियाकलापमा गरेको मेहनतले जिल्लामा पुरस्कृत हुने गरेको बताए । विद्यालयले आगामी दिनमा प्रदान गर्ने शिक्षाको गुणस्तर र अभिभावकको मन जितेर अघि बढ्न अध्यक्ष कार्कीले आग्रह गरेका थिए ।

नरकुमार तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक प्रिन्सिपल बिष्णुप्रसाद रिमालले विद्यालयले अवस्था र आगामी दिनमा प्राविधिमैत्री शिक्षाको रूपमा बिकास गर्ने विद्यालयको योजना रहेको बताए । २०६१ सालदेखि सञ्चालित युनिक अङ्ग्रेजी बोर्डिङ स्कुलले एक दशक वर्षयता माबी कक्षा सञ्चालनमा ल्याएको छ। मन्टेेेश्वरी कक्षादेेेखि खेल मैदानसहित अतिरिक्त नृत्य, गायन तथा विभिन्न बिधाका खेलका कक्षाहरु सञ्चालनमा ल्याएको छ । 

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नरकुमार तामाङको अध्यक्षतामा सम्पन्न २१ औं वार्षिकोत्सवमा चुनौती रिमालले स्वागत तथा पुर्व शिक्षक सन्जय निरौलाले सञ्चालन गरेका थिए ।