खेलकुद

खेलकुद संयोजकमा मेचे

झापा, कात्तिक २४ । केन्द्र, प्रदेश, जिल्ला, संगै स्थानिय स्तरबाट खेलकुदको विकास र विस्तार गर्न नगरपालिका/गाउँपालि तथा वडामा समेत समिति गठन गरी स्थानिय स्तरबाट पनि खेलकुद गतिविधि अगाडी बढाउने निति अनुसार मेचीनगर नगरपालिकाले पनि नगर खेलकुद विकास समिति संगै वडामा पनि खेलकुद विकास समिति गठन प्रक्रिया अगाडी बढाएको छ ।

यसै अनुरुप मेचीनगर नगरपालिका वडा नम्बर ८ वडा कार्यालयले वडा सदस्य सन्तोस मेचेको संयोजकत्वमा ११ सदस्यीय वडा खेलकुद विकास समिति सर्वसम्मत गठन गरेको छ । समितिको सदस्यमा रेवन्तराज पोख्रेल, विकास देवकोटा, टिकाराम धमला, ओम तिम्सिना, सागर लिम्बु, रविन ओझा, भेषराज पौडेल, ईश्वर गिरी, प्रकाश धमला र सुमन लम्साल सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरेर समितिले ५ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । सल्लाहकार समितिमा कुन्दन निरौला, गिरीराज धमला, पवन मेचे, गोविन्द ओली र ससीप धिमाल चयन भएका छन् ।

समितिको अब बस्ने पूर्ण समितिको बैठकले सदस्यहरुलाई विभिन्न जिम्मेवारीहरु बाडफाड गर्ने नवगठीत वडा खेलकुद विकास समितिका संयोजक मेचेले बताए ।

Leave a Reply

Your email address will not be published.