राजनीति

पार्टीलाई एकढिक्का बनाएर लैजानु सबैको कर्तव्य: देउवा

काठमाडौं, पुष २४ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी सबैको साझा भएकाले मिलेर जानुपर्ने बताएका छन् । असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुसँग देउवाले यस्तो विचार राखेका हुन् ।

सभापति देउवाले केन्द्रीय समिति बैठकका निर्णयमा छलफल गर्न सकिने समेत बताए । लचिलो हुदै सभापती देउवाले भने केन्द्रीय समितिका निर्णय सहमति र संवादमार्फत मिलाउन सकिने बताएका छन् ।

उनले पार्टीलाई एकढिक्का बनाएर लैजानु सबैको कर्तव्य भएकाले नमिलेका कुरा मिलाएर जान सकिने बताए ।

गत सोमबारदेखि काठमाडौंमा रहेका जिल्ला सभापतिहरूलाई देउवाले बिहीबार लन्चका लागि आफ्नै निवासमा बोलाएका थिए ।

जिल्ला सभापतिहरूले सरकारविरुद्ध पार्टी एक हुनुपर्ने बेला पार्टी बहुमत र अल्पमतका आधारमा चल्न नहुने सुझाव समेत पाटी नेतृत्वलाई दिएको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.