कला

‘कलेज लाइफ’को ट्रेलर सार्वजनिक

झाप, माघ ९ । दमकका युवाहरुको समूहले निर्माण गरेको वेभ सिरियल ‘कलेज लाइफ’को ट्रेलर बिहीबार दमकमा सार्वजनिक गरिएको छ ।

‘कलेज लाइफ’ नामक वेभ सिरियलले युवा पुस्ताको भावना र समस्यालाई मनोवैज्ञानिक ढंगबाट मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिएको टे«लर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

पछिल्लोसमय युवा पुस्तामा भइरहेकोे विकृतिलाई चित्रण गरी निर्माण गरिएको कलेज लाइफको प्रोमो सार्वजनिक गरिएको बताइएको छ । युवापुस्ताले सही निर्णय लिने र सीपको अभावका कारण उनीहरुको जीवनमा विविध समस्याहरु भईरहेको अवस्थामा उक्त सिरियलले सकारात्मक सन्देश प्रवाह गर्ने निर्देशक सुवास सुवेदीले बताए ।

सवाल नेपाल युटुब च्यानलमार्फत साप्ताहिक रुपमा प्रसारण गरिने बताइएको कलेज लाइफमा स्थानीय कलाकारहरुले अभिनय गरेका छन् । जसमा कविता चापागाईँ, विमला तामाङ, सोनिया न्यौपाने, मीना न्यौपाने, केदारबाबु पौडेल, सस्मित मगर, दीपक खरेल, मनिष भट्टराई, मनोज गौतम र धिरज खतिवडाले अभिनय गरेका छन ।

दमकलगायत प्रदेश नम्बर १ का विभिन्न रमणीय स्थलमा छायाँकन गरिने यस कलेज लाइफमा २ एपिसोडको छायाङ्कन भइसकेको छ । हाल १५ एपिसोडका लागि कथा तयार भएको र छायाङ्कन गर्न बाँकी रहेकाले १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको निर्माता तथा कलाकार केदारबाबु पौडेलले जानकारी दिए ।

केदाबाबु पौडेल, काश्मिरा राई, सुवास सुवेदीको संयुक्त लगानी रहेको उक्त सिरियलमा श्रृङ्गार तथा भेषभूषा काश्मिरा राईको छ भने संगीत अजय धिमाल र छायाँकन किरण न्यौपानेको रहेको छ । उक्त सिरियल चाँडै दर्शक माझ आउने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.