काठमाडौं, बैशाख १५ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा २ लाख लाख ६ हजार ४ सय ९५ जनाको मृत्यु भइसकेको छ । विश्वका २१० देशमा पुगेको कोरोना भाइरसबाट २९ लाख ७० हजार ७ सय ५ जना संक्रमित भएका छन् ।
चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ । अमेरिकामा अहिलेसम्म ९ लाख ६४ हजार ९ सय ३७ जना संक्रमित भएका छन् भने ५४ हजार ८ सय ६५ जनाको मृत्यु भएको छ । न्युयोर्कमा मात्र १७ हजार २ सय ८० जनाको मृत्यु भएको छ । अमेरिकामा उपचारबाट एक लाख ६ हजार ९ सय ८५ जना निको भएका छन् ।
अमेरिकापछि सबैभन्दा बढी प्रभावित इटलीमा संक्रमित संख्या एक लाख ९७ हजार ६ सय ७५ र मृतक संख्या २६ हजार ६ सय ४४ पुगेको छ । यहाँ ६४ हजार ९ सय २८ जना निको भएका छन् ।
स्पेनमा २ लाख २६ हजार ६ सय २९ जना संक्रमित भएका छन् र २३ हजार १ सय ९० जनाको मृत्यु भएको छ । यस्तै एक लाख १७ हजार ७ सय २७ जना निको भएका छन् ।
फ्रान्समा १ लाख ६२ हजार २ सय २० जना संक्रमित हुँदा २२ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ । ४५ हजार ६ सय ४१ जना निको भएका छन् ।
बेलायतमा १ लाख ५४ हजार ३७ जना संक्रमित भएका छन् भने २० हजार ७ सय ९४ जनाको मृत्यु भएको छ र सात सय ७८ जनामात्र निको भएका छन् ।
जर्मनीमा १ लाख ५७ हजार ७ सय ७० जना संक्रमित भएका छन् भने ५ हजार ९ सय ७६ जनाको मृत्यु भएको छ । यहाँ निको हुनेको संख्या १ लाख १२ हजार रहेको छ ।

