अर्थ

८७ हजार नगदसहित ८ जुवाडे पक्राउ

काठमाडौँ, माघ १२। काठमाडौंको शान्तिनगरबाट ८ जना जुवाडे पक्राउ परेका छन्। शान्तिनगरको ओमशान्ति चोकबाट ८७ हजार नगदसहित ८ जना जुवाडे पक्राउ परेको प्रहरी वृत्त बानेश्वरले जानकारी दिएको हो । प्रहरीले पक्राउ परेका व्यक्तिहरुको नाम भने गोप्य राखेको छ । पक्राउ परेका सबै जुवाडेलाई बानेश्वर वृत्तमै राखिएको प्रहरीले जनाएको छ ।

अर्थ समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रमः न्यूनतम एक सय दिनको बजेट पठाइने

काठमाडौं, माघ ११ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम एक सय दिनको रोजगारीका लागि अर्को सातादेखि स्थानीय तहमा बजेट पठाउने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालू आर्थिक वर्षमा ७५३ वटा स्थानीय तहबाट आएका आयोजना र बेरोजगारको सङ्ख्याका आधारमा स्थानीय तहमा बजेट पठाउने तयारी गरेको हो । मन्त्रालयले चालू आर्थिक वर्षमा Read More…

अर्थ

सशस्त्रले बुझायो १ करोड मूल्य बराबरको अवैध सामान

झापा, माघ १० । सशस्त्र प्रहरी बल नं ८ राजस्व तथा भन्सार सुरक्षा गुल्म काँकरभिट्टाले शुक्रबार ५लाख ६१ हजार मुल्य बराबरको सामान मेची भन्सार कार्यालय बुझाएको छ । सशस्त्र प्रहरी निरिक्षक दिव्यराज कोइरालाको कमाण्डमा खटिएको टोलिले भारतबाट अवैध रुपमा नेपाल ल्याईदै गरेको अवस्थामा ५ लाख ६१ हजार ५ सय १० मूल्य बराबरको विभिन्न मालवस्तुहरु बरामद Read More…

अर्थ

६ हजार घुस सहित पुनर्निर्माण प्राधिकरणका कर्मचारी पक्राउ

विराटनगर, माघ १० । ६ हजार घुस लिएको अभियोगमा पुनर्निर्माण प्राधिकरणका कर्मचारी पक्राउ परेका छन् । पुनर्निर्माण प्राधिकरणअन्तर्गत भोजपुर नगरपालिकामा कार्यरत सबइञ्जिनीयर प्रकाश तिवारी घुस लिँदै गर्दा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले रङ्गेहात पक्राउ गरेको जनाएको छ । इञ्जिनीयर तिवारीलाई शुक्रबार छ हजार घुससहित भोजपुरको प्रधान होटलबाट पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट Read More…

अर्थ

चिनी उद्योगद्वारा उखु किसानको बक्यौता बुझाउन अटेर

काठमाडौं, माघ ८। चिनी उद्योगले उखु किसानको बक्यौता बुझाउन अटेर गरेका छन् । सरकारले उखु किसानको बक्यौता बुझाउन पर्याप्त समय दिँदा पनि उनीहरुले सरकारको अवज्ञा गर्दै बक्यौता तिर्न आनकानी गरेका हुन् । सरकारले चिनी उद्योगलाई उखु किसानको बक्यौता तिर्न करिब २० दिनको समय दिएको थियो । माघ ७ मा सो समय सीमा सकिएपनि चिनी उद्योगीहरुले Read More…

अर्थ

भाटभटेनी डिपार्टमेन्ट स्टोरले नक्कली बिलमार्फत राजश्व छलेको ठहर

काठमाडौं, पुष २९ । नक्कली भ्याट बिलमार्फत् राजस्व ठगी गरेको आरोपमा मुद्दा खेपिरहेका भाटभटेनी डिपार्टमेन्ट स्टोर्ससहित पाँच कम्पनी दोषी ठहर भएका छन्। ५ वर्ष लामो सुनुवाईपछि नक्कली भ्याटबिल मुद्दामा सर्वोच्च अदालतले अन्तिम फैसला सुनाएको हो । सर्वोच्च अदालतले राजश्व न्यायाधीकरणको फैसला सदर गर्ने निर्णय सुनाएको हो। प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलाशले भाटभटेनी Read More…

अर्थ संघ \संस्था

प्रहरी हुँ भन्दै असुली गर्ने दुई पक्राउ

झापा, पुष २८ । ‘सीआईबी प्रहरी हुँ’ भन्दै नगद असुली गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा झापा गौरीगञ्ज गाउँपालिका–१ का २८ वर्षीय पर्शुराम महतो र गौरीगञ्ज गाउँपालिका–३ का २० वर्षीय जीवन दास रहेका छन् । बाह्रदशी गाउँपालिका–३ राजगढ बजारमा सोमबार स्थानीय व्यापारी अरफाक आलमसँग नगद ७ हजार रुपैयाँ असुली गर्दै गरेको Read More…

अर्थ संघ \संस्था

कर्मणीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

झापा, पुष २८ । झापाको कमल गाउँपालिका-३ स्थित कर्मणी बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आज आफ्नो तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । २०७३ सालमा २८ जना सदस्य र १ लाख ४० हजार रुपैया शेयर पुँजी बाट स्थापना भएको सहकारीले आज सम्म आईपुग्दा ३ सय ७ जना सदस्य र ५८ लाख ६२ हजार ४ Read More…

अर्थ

घुस लिएको अभियोगमा वडाअध्यक्ष विरुद्ध मुद्दा दायर

काठमाडौं, पुष २७ । नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर१८ का वडा अध्यक्ष गोपाल डिस्वा मगर विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई गत पुस ४ मा नियन्त्रणमा लिएको थियो । मगरले नाता प्रमाणित, घर गोठ बाटो प्रमाणित र सेवा टहल तथा औषधी उपचारको सिफारिश गर्न २ Read More…

अर्थ

जन्मदर्ता बनाउँदा २ लाख घुस खाने वडासचिव विरुद्ध मुद्दा

काठमाडौं, पुष २५ । जन्मदर्ता प्रमाण पत्र बनाउन घुस लिने सप्तरी जिल्ला महादेवा गाउँपालिका–६ का वडासचिव नवोनाथ मिश्र विरुद्ध मुद्दा दायर भएको छ । इटहरीबाट खटेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायव सुब्बा पदमा कार्यरत नवोनाथलाई गत मंसिर २४ मा नियन्त्रणमा लिएको थियो । उनले जन्मदर्ता बनाउँदा २ लाख घुस लिएका थिए । आयोगले उनी विरुद्ध Read More…