झापा । नेपाल राष्ट्र बैंकले बडादशैँलाई लक्षित गरी सोमबार आजदेखि नयाँ नोट सटही सुरू गरेको छ। काठमाडौं उपत्यकाभित्र राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट साट्न सकिनेछ। उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिनेछ। एक जनालाई १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटहीको व्यवस्था Read More…
अर्थ
मेचीनगर : भोलिदेखि सामाजिक सुरक्षा भत्ता सोझै सम्बन्धित लाभग्राहिको खातामा जम्मा
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सामाजिक सुरक्षा वापतको रकम सोझै सम्बन्धित लाभग्राहिको खातामा जम्मा गर्दिने भएको छ । नगरपालिकाले प्रथम त्रैमासीक निकासा (साउन, भदौं र असोज) महिनाको पन्द्र हजार ३६७ जनाको जम्मा रकम सोह्र करोड बाउन्न लाख उनानब्बे हजार तीन सय एक रुपैयाँ आज बैकमा पठाईएको मेचीनगर लेखा अधिकृत पदमबहादुर कार्कीले जानकारी दिए । उनले Read More…
आजदेखि चाडपर्व लक्षित सस्तो पसल सञ्चालन हुँदै
काठमाडौँ । सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आगामी मङ्सिर ३ गतेसम्म सहुलियत पसल सञ्चालनमा गर्नेछन् । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा Read More…
झापाली २ सञ्चारकर्मीसहित ७ जना पुरस्कृत
सहकारीले देशको अर्थतन्त्रमा पुर्याएको योगदानको चर्चा विर्तामोड । झापाको विर्तामोडमा मुख्यः कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि झापाले शनिबार झापाली दुई पत्रकार, कर्मचारी र बचकर्तागरी कुल ७ जनालाई सम्मानसहित पुरस्कृत गरेको छ । विर्तामोडमा सम्पन्न संस्थाको १३ औँ बार्षिक मुल माइन्युट प्रमाणित सभा (साधारणसभा) मा मेरो मेचीनगर डटकमका सम्पादक लक्ष्मी उप्रेती र Read More…
चेक अनादार कसुरमा अधिकतम तीन वर्ष जेल सजायको व्यवस्था
काठमाडौं। सरकारले चेक अनादार (बाउन्स)को कसुरलाई झनै कडा बनाउने प्रस्ताव गरेको छ । अर्थ मन्त्रालयले चेक अनादार कसुरमा अधिकतम तीन वर्ष जेल सजाँय कायम गर्दै जाहेरी दिने अवधि समेत घटाएर ३ महीनामा झारेको हो । अर्थमन्त्रालयले बैंकिङ कसुर तथा सजाय सम्बन्धी ऐन २०६४ को दोस्रो संसोधनका लागि विधेयक तयार गरी संसदमा दर्ता गरेको छ । Read More…
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । शनिबार बसेको नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार अब पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढेको छ । त्यस्तै, हवाइ इन्धनमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।
चोङ्वाङ्ग परिवारद्वारा पहिरो पीडितलाई राहत वितरण
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो प्रभावितलाई चोङ्वाङ्ग परिवारले राहत वितरण गरेका छन् । परिवारसहितको टोली बुधबार पहिरो प्रभावित क्षेत्रमै पुगेर पीडित परिवारलाई राहत सामग्री वितरण गरेका हुन् । पूर्वी नेपाल तथा नेपालबाहिर रहेका चोङ्वाङ्ग परिवारका सदस्यहरुले पहिरो प्रभावित ६५ परिवारलाई राहत सामग्री वितरण गरेका हुन् । पहिरो प्रभावित परिवारलाई प्रतिपरिवार १ बोरा चामल, दाल Read More…
दशैँ लक्षित नयाँ नोट वितरणको तयारी: एक जनाले १८ हजार ५०० रुपैयाँ साट्न पाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकको तयारी छ । राष्ट्र बैंकले दशैं(तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ । हाल नयाँ नोट Read More…
भाट-भटेनीलाई झापाली जनताको उत्साहजनक साथ, बिर्तामोड स्टोरमा प्रदान छुट यथावत
झापा । आफ्नो २६ औं स्टोर का रुपमा पूर्वी नेपालको ब्यापारीक सहर विर्तामोडमा यहि असोज ४ गते बाट सञ्चालनमा आएको भाट-भटेनी सुपर स्टोर लाई झापालि उपभोक्ता को उत्साहजनक साथ मिलेको छ । समुदघाटनकै दिनबाट बिर्तामोडवासीको राम्रो उपस्त्तिती पाएको भाट-भटेनीले आज तेस्रो दिनमा पनि सपिङका लागि आउने उपभोक्ताहरुको उत्सहजनक उपस्थिती रहेको छ । झापालि जनताको उत्सहजनक साथ Read More…
बिर्तामोडको भाट-भटेनी आजदेखि सञ्चालनमा, उद्घाटनको अवसरमा २० प्रतिशतसम्म छुट
बिर्तामोड । आर्थिक रुपमा फड्को मार्दै गरेको झापाको बिर्तामोडमा अन्तर्राष्ट्रियस्तरको सुपर मार्केट भाट-भटेनी सुपर स्टोरको उद्घाटन आज हुँदैछ । भाट-भटेनी सुपर स्टोरको उद्घाटन सञ्चालक मीनबहादुर गुरुङले गर्नेछन् । २६ औँ शाखाका रुपमा आजदेखि विर्तामोडको भगवान चोकमा सञ्चालनमा आएको भाट-भटेनी स्टोरमा एक लाख २५ हजारका विभिन्न प्रकारका सामानहरु खरिद गर्न पाइने कम्पनीका व्यवस्थापक विनोद भट्टराईले जानकारी Read More…









