संघ \संस्था

परिषद्को अध्यक्षमा खापुङ

झापा, भाद्र २८ । नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर समन्वय परिषद्को अध्यक्षमा ओमप्रकाश खापुङ सर्वसम्मत अध्यक्ष चयन भएका छन् । काँकरभिट्टा खानेपानी सँस्थाको सभा कक्षमा सम्पन्न चौथो नगर अधिवेशनबाट आगामी ३ वर्षे कार्यकालका लागि अध्यक्षमा खापुङ चयन भएका हुन् । त्यस्तै, उपाध्यक्षहरुमा रामबहादुर वाइवा, ललित राई र कुमारी दनुवार, सचिवमा चिरञ्जीवि खवास, सहसचिवहरुमा विपना गुरुङ, Read More…

संघ \संस्था

किच्चकबध धार्मिक तथा पर्यटकीय क्षेत्रको साधारणसभा सम्पन्न

झापा, भाद्र २८ । किच्चकबध धार्मिक , ऐतिहासिक , पुरातात्त्विक तथा पर्यटकीय संरक्षण क्षेत्रको १३ औ साधारणसभा सम्पन भएको छ । समितिको अध्यक्ष दिल बहादुर थेवेको अध्यक्षतामा आयोजना भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रदेश सभा सांमसद बसन्त बानियाले गरेका थिए । प्रमुख अतिथि बानियाले किच्चकबध धार्मिक , ऐतिहासिक , पुरातात्त्विक तथा पर्यटकीय क्षेत्रमा सबैले सहकार्य Read More…

संघ \संस्था

बाहुण्डाँगी जेसीजको स्थापना दिवस सम्पन्न

झापा, भाद्र २७ । बाहुण्डाँगी जेसीजको ९ औँ स्थापना दिवस तथा वार्षिक उत्सव समारोह सम्पन्न भएको छ । मेचीनगर ४ स्थित हात्ती रिर्साेटमा आयोजित कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरुको जोडी नृत्य तथा खुल्ला नृत्य प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा पूर्व अध्यक्ष बद्री निरौला र अप्सरा निरौला तथा खुल्ला नृत्यमा प्रविन भण्डारी र सुस्मिता भण्डारीले उपाधी Read More…

संघ \संस्था

वडा कार्यालयमा आगजनी

कञ्चनपुर, भाद्र २७ । कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित वडा कार्यालयमा बिहीबार राति आगजनी गरिएको छ । प्रहरी चौकी बागफाँटाका अनुसार रातिको समयमा वडाध्यक्षको कार्यकक्षमा अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट कार्यालयभित्र रहेका केही कागजात, फर्निचरका साथै वडाध्यक्षको कुर्चीमा क्षति पुगेको प्रहरीले जनाएको छ । आगजनी गरिएको स्थलमा नेत्रविक्रम चन्द नेतृत्व समूहको सात बुँदे असहमतिसहितको पर्चा Read More…

संघ \संस्था

रवि लामिछानेलाई थुनामा नै राखेर अनुसन्धान गर्न माग गर्दै रिट दायर

काठमाण्डौं, भाद्र २४ । चर्चित सञ्चारकर्मी रवि लामिछानेलाई थुनामा नै राखेर अनुसन्धान गर्न माग गर्दै रिट दायर गरिएको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा केही समय अगाडीमात्र धरौटीमा रिहा भएका लामिछानेलाई थुनामा नै राखेर अनुसन्धान गर्न माग गर्दै नेपाल सरकारको तर्फबाट उच्च अदालत पाट हेटौँडामा निवेदन परेको हो । लामिछानेसंगै युवराज कँडेल र अस्मिता Read More…

संघ \संस्था

मगर संघको केन्द्रीय टोलीलाई विदाई

झापा, भाद्र २३ । नेपाल मगर संघ केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुलाई आइतबार संघको जिल्ला, नगर तथा प्रारम्भिक समितिले एक कार्यक्रमकाबीच विदाई गरेको छ । भारत सिक्किमको जोरथाङस्थित माङ्सारामा रहेको मङ्गर जोङ्ग(मगरको राजा बस्ने किल्ला) को अध्ययन तथा अवलोकन भ्रमणका लागि आएको केन्द्रीय टोलीलाई विदाई गरिएको हो । ५ दिने भ्रमणमा निस्किएको ३० सदस्यीय टोलीमा Read More…

शिक्षा संघ \संस्था

समदर्शीलाई शिक्षा पत्रकारिता पुरस्कार

झापा, भाद्र २२ । ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा ५३औँ अन्तर्राष्ट्रिय साक्षरशता दिवसको अवसरमा अर्जुनधारा नगरपालिकाले पत्रकार रमेश समदर्शी राईलाई शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरेको छ । दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार समदर्शीलाई आज शनिश्चरे माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा नगदसहित सम्मान गरिएको हो । न्युज सञ्जाल डटकमका सम्पादक समदर्शीलाई शैक्षिक उन्नयन तथा Read More…

संघ \संस्था

नेपाल नगरपालिका संघ, प्रदेश समितिको संयोजकमा बस्नेत तथा उपसंयोजकमा आचार्य चयन

झापा, भाद्र २२ । नेपाल नगरपालिका संघ, प्रदेश समिति प्रदेश नम्बर १ को प्रथम प्रदेश अधिवेशन तथा दोस्रो सम्मेलन सम्पन्न भएको छ । अगामी तीनवर्षे कार्यकालका लागि अधिवेशनले इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई क्रमस समितिको संयोजक तथा उपसंयोजकमा चयन गरेको छ । सुनसरीको धरानमा भदौ २० र २१ गतेसम्म Read More…

संघ \संस्था

मानव बेचबिखन तथा ओसारपसारविरुद्ध काँकडभिट्टामा र्‍याली

झापा, भाद्र १९ । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३औँ राष्ट्रिय दिवसको अवसरमा आज झापाको काँकडभिट्टामा वृहत र्‍यालीको आयोजना गरिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट निकालिएको र्‍यालीमा प्रदेश नं– १ का प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवाली, जिल्ला प्रहरी प्रमुख दिनेश मैनाली, निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद निरौलालगायत मानव बेचबिखन तथा ओसारपसार विरुद्धको क्षेत्रमा काम गर्ने Read More…

संघ \संस्था

धुलाबारीमा सिसि क्यामरा जडान सम्बन्धी अन्तरक्रिया कार्याक्रम सम्पन्न

झापा, भाद्र १९ । धुलाबारी बजार क्षेत्रको शान्ति सुरक्षालाई मध्यनजर गर्दै सिसि क्यामरा जडानका लागि बिहिबार उपभोक्ता समिति र सरोकारवाला बिच अन्तरक्रिया कार्याक्रम सम्पन्न भएको छ । मेचीनगर वडा नम्बर ९ र १० मा पर्ने धुलाबारी बजार क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै समितिले सिसि क्यामरा जडान गर्न लागेको जनाएको छ । समाजमा शान्ति, सुरक्षा एवँ Read More…