संघ \संस्था

नगर प्रमुख आचार्यले बाँडे महिला चिया मजदुरलाई कपडा

झापा, असोज ११ । मेचीनगर नगपालिकाका प्रमुख विमल आचार्यले शनिबार झापाको मेचीनगर–७ स्थित सतिघट्टा चिया कमानमा कार्यरत महिला मजदुरहरुलाई कपडा वितरण गर्नुभएको छ । नगरप्रमुख आचार्यले उनीहरुको घरआँगनमै पुगेर वडा नम्बर–७ का वडाध्यक्ष चन्दन मेचेको अगुवाइमा नगर प्रमुख आचार्यले आफ्नै निजी लगानीमा महिला कामदारलाई साडी प्रदान गर्नुभएको हो । दशैं, तिहार तथा छठलगायतका चाडपर्व हरेकका Read More…

खेलकुद संघ \संस्था

मिनी म्याराथनको उपाधि उमेश र भवानीको कब्जामा

झापा, असोज १० । मेचीनगरमा मिनी म्याराथन आयोजना भएको छ । उक्त प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपािलकाका प्रमुख विमल आचार्यले गरेका थिए । खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्घन गर्ने उद्देश्यले नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट प्रदेश नम्बर १, मेची उद्योग बाणिज्य संघ मेचीनगर, रोटरी क्लब अफ काँकरभिट्टा तथा रोट्रयाक क्लब अफ काँकरभिट्टाले संयुक्तरुपमा मिनी म्याराथन Read More…

संघ \संस्था

मेचीनगरलाई दुर्घटनारहित बनाउन नगर प्रमुख आचार्यको पहल सुरु

लक्ष्मी उप्रेतीझापा, असोज ९ । आसन्न चाडपर्वहरूलाई दुर्घटनारहित बनाउन मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले सवैमा आग्रह गर्नुभएको छ । चाडपर्वका बखत मानिसहरूको आवतजावत निक्कै बढ्ने भएकाले ती समयमा दुर्घटना बढ्ने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । यसै कुरालाई मध्यनजर गदै नगरपालिकाकातर्फबाट नगरप्रमुख आचार्यले नजिकिँदै गरेको दसैँ तिहार तथा छठलगायतका चाडपर्वलाई दुर्घटनारहित बनाएर धनजनको क्षति हुन Read More…

अर्थ संघ \संस्था

मेचीनगर ९ वडा कार्यालयको नयाँँ भवन बन्ने

झापा, असोज ६ । मेचीनगर नगरपालिका वार्ड नम्बर ९ को वडा कार्यालय अब नयाँ भवनमा सञ्चालन हुने भएको छ । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बिमल आचार्यले एक कार्यक्रमका बिच उक्त भवनको उद्घाटन गरेका छन् । वार्ड कार्यालय भवन निर्माणका लागि ६८ लाख ६५ हजार एक सय ४५ रुपैयामा ठेक्का लागेको छ । सभा हल Read More…

संघ \संस्था स्वास्थ्य

वातावरण संरक्षण संस्थाले गर्‍यो कृषकसंग आर्गनिक उत्पादन सम्बन्धी अन्तरक्रिया

झापा, असोज ४ । वातावरण संरक्षण तथा आर्गनिक कृषि विकास संस्था नेपालले कृषकसंग आर्गनिक उत्पादन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मेचीनगर–८ स्थित आदर्श मावि परिसरमा शनिवार प्रदेश सभा सांसद श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यताम कृषकहरुसँग आर्गनिक उत्पादन सम्बन्धि अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि श्रीप्रसाद मैनाली, मेचीनगर वडा नम्बर ८ का वडाध्यक्ष विकेन्द्र Read More…

संघ \संस्था

मेचीनगरद्वारा संविधान दिवसको अवसरमा जन–संसद र लोकतन्त्रलाई सम्मान

झापा, असोज ४ । मेचीनगर नगर कार्यापालीकाको कार्यालयले तीन दिवशीय विविध कार्याक्रम गर्दै संविधान तथा राष्ट्रिय दिवस २०७६ सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सांसद राम कार्की(पार्थ) ले उद्घाटन गरेका थिए । धुलाबारी स्थित अतिथि सदनमा शनिबार अन्तिम दिन संवैधानिक व्यवस्था सम्बन्धी अन्तरक्रिया तथा सम्मान कार्यक्रम आयोजना गरीे संविधान दिवस मनाएको हो Read More…

खेलकुद संघ \संस्था

संविधान तथा राष्ट्रिय दिवस–२०७६ मुल समारोह समिति झापाको मिनी म्याराथन भोली, सम्पूर्ण तयारी पूरा

झापा, असोज १ । संविधान दिवसको अवसरमा संविधान तथा राष्ट्रिय दिवस–२०७६ मुल समारोह समिति झापाले मावि स्तरिय छात्र/छात्रा मिनी म्याराथन आयोजना गर्ने भएको छ । असोज २ गते बिहीबार (भोली) बिहान ७ बजे भद्रपुर ५ स्थित मेची पुलबाट चन्द्रगढी ट्रेड युनियन चौकसम्म मिनी म्याराथन हुने संविधान तथा राष्ट्रिय दिवस–२०७६ जिल्ला मुल समारोह समिति झापाका अध्यक्ष Read More…

कला संघ \संस्था

आज विश्वकर्मा पुजा

झापा, असोज १ । आज असोज १ अर्थात यन्त्रका देवता विश्वकर्मा पुजा । तिथिमा नमनाइने एकमात्र विश्वकर्मा पुजा यन्त्र, सवारी साधनहरु, कलकारखानाका उपकरण आदिमा पुजा गरेर धुमधामसँग मनाइँदैछ । विश्वकर्मा पुजा विशेषगरी औद्योगिक क्षेत्रहरुमा हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । बिहानैदेखि कार्यकक्षको सरसफाई गर्ने, सवारी साधनहरु धुने, मेसिन औजारहरुको सफाइ गर्ने, विश्वकर्माका प्रतिमा स्थापना गर्ने र पूजाआजा Read More…

संघ \संस्था

चाडपर्वमा विशेष सुरक्षा

झापा, भाद्र ३१ । जिल्ला प्रहरी कार्यालय झापाले चाडपर्व नजिकीए संगै सुरक्षा व्यावस्थामा उच्च सतर्कता अपनाएको जनाएको छ । नजिकै आइरहेको बडादशैँ, दीपावली तथा छठलगायतका पर्वहरुमा सुरक्षा व्यवस्था बलियो बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय झापाले एक हजार २ सय ३५ प्रहरी परिचालन गरेको प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय झापाले मंगलबार Read More…

संघ \संस्था

लायन्स क्लब अफ मेचीनगरको सफत ग्रहण कार्यक्रम सम्पन्न

झापा, भाद्र ३० । लायन्स क्लब अफ मेचीनगरको सफत ग्रहण कार्यक्रम सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानीको सभाहलमा आईतबार प्रमुख अतिथि ३२५ एएल डिस्ट्रीक गर्भनर ईन्द्र खत्रि (राजन)ले लायन्स क्लब अफ मेचीनगरका अध्यक्ष शंकर थापाको नेतृत्वमा रहेको नयाँ कार्य समितिलाई सफत ग्रहण गराएका हुन । कार्यक्रममा पाष्ट डिस्ट्रिक गर्भनर लिला कुमार ढुङ्गेल, ट्रेजरर धिरज गुरुङ्ग, Read More…