समाचार

मोटरसाइकल चोरी गर्ने पाँच जना पक्राउ

विराटनगर, चैत १९ । मोटरसाइल चोरीमा संलग्न भएको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका–६ घर भई हाल विराटनगर–४ बस्ने विजयकुमार यादव, वुर्जु गाउँपालिका घर भई हाल विराटनगर–५ वरगाछी बस्ने मनोजुकमार चौधरी, विराटनगर–१४ का अनुज यादव र सोही स्थानका सोनेलाल महतो तथा सिरहा नगरपालिका–२२ का सुनिल यादव रहेका छन् । Read More…

खेलकुद

आयोजक एलेभन एरोज दुहबीलार्ई हराउदै थ्री स्टार सेमिफाइनलमा प्रवेश

काठमाण्डौं, चैत १८ । थ्री स्टार क्लब तेस्रो संस्करणको मनमोहन दुहबी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा एलेभन एरोज क्लब दुहबीलाई पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले पराजित गर्दै थ्री स्टार अन्तिम चारमा पुगेको हो । खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा थ्री स्टारका रजीन Read More…

खेलकुद

वडा नम्बर ८ लाई पराजित गर्दै वडा नम्बर ६ फाइनलमा प्रवेश

झापा, चैत १८ । मेचीनगर ३ स्थित नव ज्योति युवा क्लबको आयोजनामा जारी मेचीनगर वडा स्तरीय फुटबल प्रतियोगिताको आज भएको अन्तिम सेमीफाईनल खेलमा वडा नम्बर ६ बिजयी भएको छ । नव ज्योति निमाविको खेल मैदानमा आज भएको अन्तिम सेमीफाईनल खेलमा वडा नम्बर ८ लाई ४–१ को गोल अन्तरले पराजित गर्दै वडा नम्बर ६ फाइनलमा पुग्न Read More…

समाचार

धुर्मुसले हावाहुरी प्रभावित क्षेत्रका ४ सय परिवारलाई राहत सामाग्री बाडे

बारा, चैत १८ । बारा र पर्सामा आएको हावाहुरीमा परी २७ जनाको ज्यान गएको छ भने ४ सय भन्दा बढि घाईते भएका छन् । प्राकृतिक विपतसंगै प्रदेश सरकार र संघिय सरकारले उद्धार तथा राहतको पहल चाल्यो । हावाहुरीकै कारण सयौँ मानिसहरु घरबारबिहिन भएका छन् । यस विपतमा अधिकांश मानिसहरु उद्धार र राहतका लागि अगाडी आएका Read More…

शिक्षा

प्रदेश २ मा स्थगित एसईई परीक्षा चैत्र २२ देखि २९ सम्म

काठमाण्डौं, चैत १८ । परिक्षको मर्यादा पालना नगर्ने तथा प्रश्नपत्र परिक्षा अगावै आउट हुने लगायतका क्रियाकलाप भए पछि स्थगित गरिएको प्रदेश २ एसइर्ई परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा वोर्डले सोमबार सूचना जारी गरी बाँकी परीक्षाहरु यही चैत्र २२ गतेदेखि २९ गते गर्ने निर्णय गरेको हो। राष्ट्रिय परीक्षा वोर्डका सदस्य सचिव दुर्गा अर्यालले Read More…

समाचार

घरायसी विवादका कारण छोराले गरे बावुको हत्या

ताप्लेजुङ, चैत १८ । ताप्लेजुङको फुङलिङ नगरपालिका ९ बुङकुलुङका ३२ वर्षीय गजेन्द्र गुरुङको कुटपिटबाट उनकै बावुको ज्यान गएको छ। कुटपिटबाट घाइते भएका बाबु दलबहादुर गुरुङको उपचारका लागि झापा लैजाने क्रममा बाटैमा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङकाअनुसार चैत्र १६ गते बेलुका घरायसी विवाद भएपछि भान्साभित्र गजेन्द्रले बाबुलाई निर्घात कुट्नुका साथै धारिलो हतियार प्रहार गरी Read More…

समाचार

प्रधानमन्त्री ओलीसहित गृहमन्त्री थापा र स्वास्थ्यमन्त्री यादव हावाहुरी प्रभावित क्षेत्रमा

काठमाडौं, चैत १८ । बारा र पर्सा जिल्लामा आएको विनासकारी हावाहुरीका कारण जनजिवन कष्टकर, धनजनको ठुलो क्षति भएको ठाँउमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवका लगायत घटना स्थल पुगेका छन् । गृह जिल्ला झापाका पूर्व निर्धारित कार्यक्रम स्थगन गरेर प्रधानमन्त्री ओली सहितको टोली विनासकारी हावाहुरी चलेका जिल्लाहरु बारा तथा पर्सा Read More…

फोटो फिचर समाचार

बारा र पर्सा जिल्लामा विनासकारी हावाहुरी जनजिवन कष्टकर, धनजनको क्षति (फोटो फिचर सहित)

काठमाण्डौं, चैत १८ । नेपालको पूर्वी तराईका बारा र पर्सा जिल्लामा आइतवार साँझ आएको हावाहुरीले पुर्‍याएको क्षतिको विवरण आउने क्रम जारी छ। प्रदेश नं. २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले अहिलेसम्म बारामा २९ जना र पर्सामा ए कजना गरी ३० जनाको ज्यान गएको बताएका छन्। कच्ची एवम्‌ पक्की गरी धेरै घर भत्किएका र त्यसमा मानिसहरू Read More…

स्वास्थ्य

हाड बलियो बनाउन खानुस् यस्ता खानेकुरा

काठमाण्डौं, चैत १८ । जीवनशैलीमा आएका परिवर्तनका कारण मानिसहरूको खानपान बदलिएको छ । यसले गर्दा मानिसहरू आजकल छिट्टै बिरामी भइहाल्छन् । यही क्रममा हड्डीहरू पनि कमजोर हुन थाल्छन् जबकि शरीर अड्याउने नै हड्डीले हो । यी खानेकुरा खानुभयो भने हाड बलियो हुन्छ । बदाम बदाम स्वादिष्ट त हुन्छ नै, स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ । Read More…

कला

एडी म्युजिक एकाडेमीले ट्रिनिट कलेज लण्डनबाट प्राप्त प्रमाणपत्र वितरण गर्यो

झापा, चैत १८ । नेपालको सुदुरपुर्व मेचीनगर ६ स्थित बर्मेली टोलमा रहेको एडी म्यूजिक एकाडेमीले भारतको सिलुगढीमा ट्रिनिट कलेज लण्डनको प्रतिनिधि आएर लिएको संगित परिक्षामा प्रथम तथा बिशिष्ट श्रेणी प्राप्त गर्ने विद्यार्थीहरुलाई ट्रिनिट कलेज लण्डन बाट प्राप्त प्रमाण पत्र पत्रकार सम्मेलन गरी सोमबार (आज) वितरण गरेको छ । प्रमाण पत्र वितरण कार्यक्रममा राष्ट्रिय चर्चित गायक Read More…