अर्थ

सुनको मुल्य अहिले सम्मकै उच्च, आज कति छ ?

काठमाण्डौं, श्रावण २३ । नेपाली नारीहरुको महान् चाड तिज नजिकिए संगै सुनको मूल्य निरन्तर आकाशिदै गई रहेको छ । आज विहिबार सुनको मूल्य हाल सम्मकै उच्च रुपैँयामा कारोबार भैरहेको छ । बुधबार बढेर ६९ हजार पाँच सयरूपैँयामा कारोबार भएको छापावाला सुनको मूल्य बिहिबार पाँच सय रुपैयाँले बढेर ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै तेजाबी सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ६९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर आठ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published.