विविध

रवी लामिछाने प्रहरीको फन्दामा

काठमाण्डौं, श्रावण ३०। पत्रकार शालिकराम पुडासैनीलाई मर्न वाध्य बनाइएको भन्दै चर्चीत पत्रकार रवी लामिछानेलाई पक्राउ गर्न माग गरेका छन् ।
मृत्युअघि शालिकरामले रेकर्ड गराएको भिडियो सार्वजनिक भएपछि रवी लामिछाने र यस पक्ररणमा संलग्न अन्यलाई समेत पक्राउ गर्न ब्यापक आवाज उठीरहेको छ ।
यसैबीच, नेपाल प्रहरीले पीडित परिवारले किटानी दिए नाम लिएका माथि पक्राउ गरेर अनुसन्धान गर्न तयार रहेको बताएको छ ।
मृत्युअघि रेकर्ड गरिएको भिडियोमा शालिकरामले दीपक बोहोरा, युवराज र नर्स अस्मिता कार्कीको नाम लिएका छन् ।
२०७५ भदौ देखि लागू भएको फौजदारी अपराध संहिता ०७४ को परिच्छेद १२ को दफा १८५ अनुसार कसैलाई कसैले कुनै पनि कारणले आत्महत्या गर्न बाध्य हुने गरी दुरुत्साहन गर्न हुँदैन । यदि, दुरुत्साहन गरेकै कारणले आत्महत्या गरेको ठहरिएमा अभियुक्तलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवना हुने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published.