युवराज आचार्य
झापा, श्रावण २९ । विशालदेव श्रेष्ठले आफ्नो नँया सांगितिक कोशेली स्वरूप ‘आँखा मेरो’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।
विगत एक दशक देखि स्थानिय स्तरबाट आफ्नो कलालाई निखार्दै संगित क्षेत्रमा क्रियाशील रहेका सुमधुर आवाजका धनी विशालदेव श्रेष्ठले एउटा छुट्टै पहिचान बनाउन सफल भएका छन् ।
उनको ‘कस्तो वियोग’ बोलको म्युजिक भिडियो सफल भए संगै सबै बाट राम्रो प्रतिक्रिया र साथ पाएका थियो । प्लग इन यूट्युव च्यानल मार्फत सार्वजनिक गरेको ‘आँखा मेरो‘ बोलको म्यूजिक भिडियोलाई पनि सबैले साथ दिनेमा आफु आशावादी रहेको गायक बिशालदेवले बताए ।

‘आँखा मेरो’ बोलको गीतमा बिशालको स्वर संगै शब्द, संगित र अभिनय पनि स्वंयमको रहेको छ । जोनी तामाङ्ग योञ्जनले एरेन्ज गरको गीतको म्यूजिक भिडियोको छायाङ्कन तथा सम्पादन देव शर्माले गरेका हुन् ।
गायक श्रेष्ठको ‘कस्तो वियोग’, ‘चुमेर सारा बदन’, ‘माया बढ्छ नी’ कलेक्सन एल्बम मनको कुरा अन्तर्गत ‘के छ के छ तिम्रो नजरमा’ लगायत आधा दर्जन बढी गीत बजारमा छन् । साथै पुष्पन प्रधानको शब्द, संगित र अपथ माप्चनको स्वरमा सजिएको गीत ‘सानी’ लाई कभर गरेर छिट्टै बजारमा ल्याउने गायक श्रेष्ठले बताए ।

