समाचार

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली आज पुनः सिंगापुर जाँदै

काठमाण्डौं, भाद्र ५ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज पुनः सिंगापुर जाँदै छन् । दिउँसो साढे एक बजे उनी थाइ एयरको विमान मार्फत सिंगापुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीले गत साउन १८ गते सिंगापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराएर साउन २७ गते काठमाडौं फर्केका थिए । परीक्षणमा संग्लन चिकित्सकको सुझाव अनुसार थप परीक्षणका लागि प्रधानमन्त्री पुन त्यसतर्फ जान लागेका हुन् ।
ओलीसँगै प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा.दिव्या सिंहलगायत पनि सिंगापुर जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
पछिल्लो समय प्रधानमन्त्रीको बाह्र बर्षअघि प्रत्यारोपण गरिएको मृगौलामा समस्या देखिएको बताइएको छ । चिकित्सकहरुले उनलाई मृगौला पुन प्रत्यारोपण गर्ने सुझाव समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published.