अर्थ राजनीति

स्व. राजबहादुर राई स्मृती कोष सञ्चालानार्थ नेपाली कांगेस चुलाचुलीले गर्यो रकम हस्तान्तरण

ईलाम, कात्तिक २३ । नेपाली कांगेस चुलाचुली गाँउपालिका कार्य समितिले स्व. राजबहादुर राई स्मृती कोष सञ्चालानार्थ स्व. राईको परिवालाई रकम हस्तान्तरण गरेको छ । स्व.राई वर्तमान चुलाचुली गाँउपालिका कार्य समिति उपसभापती थिए ।

एक कार्यक्रमका बिच शनिबार नगद १ लाख १ हजार रुपैया स्व. राइको परिवारलाई हस्तान्तरण गरीएको हो । नेपाली कांगेस चुलाचुली गाँउपालिका कार्य समिति मार्फत गाउपालिका भित्रका पार्टीका सदस्य तथा नेताहरुबाट संकलन गरीएको थियो ।

सोही कार्यक्रममा स्व.राईकी श्रीमतीलाई दोसल्ला ओडाएर नेपाली कांग्रेस महासमिति सदस्य तथा संविधान सभा सदस्य नगेन्द्रकुमार कुमालले सममान गरेका थिए ।

कार्यक्रममा नेपाली कांगेस चुलाचुली गाँउपालिका कार्य समिति सभापती गणेश प्रसाद फागो, ईलाम जिल्ला उपसभापती शान्तीकला राई, जिल्ला सदस्य तथा वडा नम्बर ३ अध्यक्ष नरेन्द्र लावती, क्षेत्रिय सदस्य राजेन्द्र केरुङ्गलगायत पार्टीका कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो । उक्त कार्यक्रम सञ्चालन पार्टी सचिव त्रिलोचन गौतमले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.