विश्व स्वास्थ्य

कोरोना भाइरस संक्रमितको उपचार गर्न चीनले बनाउन थाल्यो छुट्टै अस्पताल, ६ दिनमा निर्माण सम्पन्न हुने

काठमाडौं, माघ ११ । अनेकौं प्रयासका बाबजुद कोरोना भाइसर नियन्त्रणमा नआएपछि चीनले बुहान शहरमा छुट्टै अस्पताल निर्माण शुरु गरेको छ । यसमा कोरोना भाइरसका संक्रमितको मात्र उपचार हुनेछ ।

उपचारमा संलग्न चिकित्सक एवंम अन्य बिरामीमा समेत संक्रमण सरेपछि छुट्टै हस्पिटल निर्माण थालिएको चिनियाँ अधिकारीहरुले जनाएका छन ।

अस्पताल १ हजार शैय्याको हुनेछ । दिनरात प्रयोग भइरहेका ३३ वटा डिगर्स र १० वटा बुलडोजर्सले एक हजार बेड क्षमताको हस्पिटल ६ दिनमा निर्माण गरिसक्ने बताइएको छ ।

चीनमा कोरोना भाइरसकै कारण मृत्यु हुनेको संख्या ४१ पुगिसकेको छ भने सयौं संक्रमित छन । खबरहब

Leave a Reply

Your email address will not be published.