समाचार

कोदालो प्रहार गरी पाँच जनाको हत्या

रुपन्देही, जेठ २७ । रुपन्देहीको गाई फर्ममा कोदालो प्रहार गरी पाँच जनाको हत्या भएको छ । तिलोतमा नगरपालिका मैनाहावा गंगादेवी पशु फर्ममा कार्यारत एक कामदारले कोदालोले प्रहार गरी पाँच जनाको हत्या गरेका छन् ।

कोदालो प्रहार गरेको आशंकामा करीब २० वर्षको युवकलाई प्रहरीले पक्राउ गरेको रुपन्देहीका एसपी हेम थापाले बताउनुभयो । मृतक मध्ये चार पुरुष एक महिला छन् । प्रहरीले हत्या घटनाबारे थप अनुसन्धान गरी रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.