रुपन्देही, जेठ २७ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, स्थित गंगादेवी पशुफार्ममा हत्या गरिएका पाँचै जनाको पहिचान खुलेको छ। गए राति हत्या गरिएका सवै जनाको पहिचान खुलेको मंगलापुर प्रहरी चौंकीका नायब प्रहरी निरीक्षक लक्ष्मण थापाले बताए।
उनका अनुसार, मृतकहरु माधव मुसहर (४०), जानकी मुसहर (३७), पोषराज मुसहर (१४), करन चौधरी (१७) र वर्षिय आशिष चौधरी (१७) छन्। माधव र जानकी पतिपत्नी हुन्।
भैंसी फार्ममा उनीहरुको हत्या भएको थियो। हत्याको अभियोगमा झपेन्द्र सिञ्जालीलाई पक्राउ गरिएको छ। सिञ्जाली ६ महीना देखि फार्ममा कार्यरत थिए।
सामुहिक हत्या पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटीले विज्ञप्ति निकाल्दै घटनाको निष्पक्ष छानबिनको माग गरेको छ। सामुहिक हत्या प्रकरणले सुरक्षा चुनौती देखिएको भन्दै नेकपाले दोषी माथि कार्बाहीको माग गरेको छ।

