झापा, जेठ २७ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण झापा जिल्लाभर संक्रमितको १ सय ४८ पुगेको छ ।
झापाका १५ वटा स्थानीय तहमध्ये १२ वटामा कोरोना भाइरस संक्रमण भेटिएको छ। सोमबार झापामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिकामा पनि संक्रमण देखा परेपछि झापाका कोरोना संक्रमण पालिका १२ पुगेको हो ।
सोमबार हिजो गौरीगञ्ज गाउँपालिकामा ७, हल्दिबारी गाउँपालिकामा २ र मेचीनगर नगरपालिका एक जना सङ्क्रमित भेटिएका थिए ।
जिल्लामा सबैभन्दा बढी दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवलमा १ सय १३ जना कोरोना संक्रमित फेला परिसकेका छन्। त्यसैगरी गौरीगञ्ज गाउँपालिकामा १२ जनामा, भद्रपुर नगरपालिकामा तीन जना, अर्जुनधारा नगरपालिकामा दुई जना, गौरादह नगरपालिकामा तीन जना, दमकमा एक जना, झापा गाउँपालिकामा एक जना, बाह्रदशी गाउँपालिकामा चार जना, बुद्धशान्ति गाउँपालिकामा पाँच जना, कमल गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भइसकेको छ।
बिर्तामोड, शिवसताक्षी र कनकाई नगरपालिकामा अहिलेसम्म संक्रमण भेटिएको छैन। जिल्लामा पुष्टि भएका कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ४८ पुगेको छ। त्यसमध्ये पाँचथरका दुई र ताप्लेजुङ तीन जना रहेका छन्

