काठमाडौं, जेठ २७ । नेपालमा थप ३२३ जना कोरोना भाइरस कोभिड–१९ संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज जना २९२ पुरुष र ३१ जना महिला गरी थप ३२३ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२५ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०८५ पुगेको छ । जसमध्ये १४ जनाको मृत्यु भएको छ भने ५८४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

