धर्म संस्कृती

सामूहिक रूपमा चाडपर्व नमनाउन सांसद मैनालीको आग्रह

झापा, भदौं ४ । प्रदेश नम्बर १ प्रदेश सभा सांसद श्रीप्रसाद मैनालीले हिन्दू महिलाको महान् पर्व हरितालिका तिज सार्वजनिक रुपमा नमनाउन प्रदेशबासीमा आग्रह गरेका छन् । सांसद मैनालीले हरितालिका तिजको शुभकामना दिदै नेपाली दाजुभाई तथा दिदि बहिनीहरुलाई यस्तो आग्रह गरेका हुन् ।

विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ नेपालमा पनि समुदायस्तरमा देखा पर्न थाले संगै जोखिम न्यूनीकरणका लागि भीडभाड नहुने गरी चाडपर्व मनाउन सुझाउदै सांसद मैनालीले यसपालि तडकभडक रहित चाडर्पव मनाउन सबैमा आग्रह गरेका हुन् ।

‘तीज घरभित्रै मनाऔँ’ भन्दै घरायसी पूजाबाहेक सामूहिक रूपमा पर्व मनाउँदा कोरोनाको जोखिम बढ्ने भएकाले सामूहिक रूपमा चाडपर्व नमनाउन भनिएको हो । आज हरितालिका तीजको अघिल्लो दिन अर्थात् दर खाने दिन । तीज भदौ ५ गते शुक्रबार भोली रहेको छ ।