स्वास्थ्य

मेचीनगरमा विहिबार थपिए १० जना कोरोना संक्रमित, संक्रमितको संख्या १५८ पुग्यो

मेचीनगर, असोज २२ । मेचीनगरमा बिहिबार आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै मेचीनगरमा कोरोना संक्रमितको संख्या १५८ पुग्यो ।

मेची प्रादेशिक अस्पताल भद्रपुरका अनुसार मेचीनगरका १० जनामा विहीबार कोरोना संक्रमण पुष्टि भएको छ । आज कोरोना संक्रमण पुष्टि भएकाहरुमा मेचीनगर–६ का १ जना, मेचीनगर–१० का १ जना र मेचीनगर–८ का ८ जनामा रहेको नगरपालिकाले जनाएको छ ।