


झापा,कार्तिक १२ । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंमा कोरोना संक्रमण पुष्टि भएको छ ।
गृह जिल्ला झापामा रहेका प्रसाईं र उनका छोरा राजेशमा संक्रमण देखिएको हो । छोरा राजेशका अनुसार मंगलबार (हिजो) बेलुका प्राप्त रिपोर्ट अनुसार बाबुछोरामा नै संक्रमण देखिएको हो ।
धाइजनमा रहेका उनीहरुले सम्पर्कमा रहने सबैलाई सर्तकता अपनाउन अनुरोध गरेका छन् । दुबै जना हेटौंडाबाट झापा आएका हुन् ।







