खेलकुद

आईपीएलको अक्सन फेब्रुअरीमा हुने

काठमाडौं, पुस २४ । ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको नयाँ सिजन २०२१ को अक्सन आगामी महिना हुने भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसीसीआईका अनुसार फेब्रुअरी ११ मा अक्सन गर्ने तयारी अन्तिम चरणमा पुगेको हो । अक्सनकै लागि फ्रेन्चाईज ८ टोलीलाई खेलाडी रिटेन र रिलिज गर्न जनवरी २० सम्मको समयसीमा दिईएको छ । गत संस्करण खेलेका खेलाडीलाई टोलीले सो समयसीमाभित्र रिटेन वा रिलिज गर्ने टुंगो लगाईसक्नु पर्नेछ ।

कोरोना माहामारीका कारण अघिल्लो संस्करणको आईपीएल युएईमा गरेको बिसीसआिईले आगामी सिजनको मिती र स्थान भने तय गरिसकेको छैन् । यद्यपी आगामी सिजन ईण्डियामै गर्ने हिसाबमा बोर्डले तयारी थालेको हो । युएईलाई विकल्पका रुपमा अघि सारिने छ ।

आईपीएलमा लगातार तेस्रो संस्करण दिल्ली क्यापिटल्समा आबद्ध नेपाली लेगस्पिनर सन्दिप लामिछानेलाई उनको टोलीले रिलिज गर्ने वा रिटेन गर्ने भन्ने टुंगो पनि जनवरी २० भित्रै लाग्नेछ । अघिल्लो सिजन बेन्चमै सिमित सन्दिपलाई दिल्लीले रिलिज गर्ने संभावना बढि रहेको छ ।