राजनीति

सूर्य चिन्ह ओली नेतृत्व नेकपाको नैसर्गिक अधिकार होः नेकपा नेता बस्नेत

झापा, पुस २७ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य महेश बस्नेतले सूर्य चुनाव चिन्ह प्रधानमन्त्री केपी शर्माओली नेतृत्वको रहेको भन्दै नेकपा प्रचण्ड–नेपाल समुहलाई यसमा आखा नगाड्न चेतावनी दिएका छन् ।

ओली निकट राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी झापाले मेचीनगर–१० स्थित धुलाबारीको टाउन हलमा आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नेता बस्नेतले केपी ओली नेतृत्वले मात्र देश र नेपालीे जनताको समृद्धि सम्भव रहेको बताए ।

नेकपाभित्र देखिएको अन्तरविरोधले जनसंगठन प्रभावित भइरहेको बेला पार्टीका केन्द्रीय सदस्य समेत रहेका बस्नेले झापाका युवाहरुलाई केपी ओली नेतृत्व सरकारलाई सफल बनाउन सबै लागि पर्न आग्रह गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीका खास व्यक्तिका रुपमा रहेका युवा नेता बस्नेत वर्तमान राजनीतिक घटनाक्रम र आगामी योजना बारे युवाहरुलाई प्रस्ट्याउन प्रधानमन्त्रि ओलीको गृह जिल्ला समेत रहेको झापा आएका हुन् ।

राष्ट्रिय यवा संघ नेपाल झापाका अध्यक्ष शम्भु भण्डारीको अध्यक्षतामा भएको जिल्ला भेलालाई ओली निकट राष्ट्रिय यवा संघ नेपालका संगठन विभाग प्रमुख बच्चन सिहं, महिला विभाग प्रमुख अञ्जना अधिकारी,१ नम्बर प्रदेश अध्यक्ष रविन थापा, पूर्व केन्द्रीय सचिव राजु कार्की, नेकपाका केन्द्रीय सदस्य मीना पोखरेल उप्रेती, १ नमबर प्रदेश अध्यक्ष देवराज घिमिरे, नेकपा झापाका अध्यक्ष चिन्तन पाठकलगायतले बोलेका थिए ।

जिल्लाका १५ वटै पालिकाबाट युवाहरुको सहभागिता रहेका कार्यबmम सञ्चालन झापा सचिव सुमनध्वज थापा र स्वागत मेचीनगर इञ्चार्ज नारायण खनालले गरेका थिए ।