पूजा सङ्ग्रौला
झापा, माघ १२ । हरेक रातपछि शुरु हुने …..
ती मिरमिरे बिहानीमा भेट हुने
मेरो पहिलो साथी ।
हर बिहानी पहिलो प्रहरमा लाग्ने
अलार्म ,त्यसले निद्राबाट झसङ्ग पार्दै
खोलिएका मेरा आँखा हात
पढ्न जानका निम्ति दैनिक नित्य कर्म पछि
म अनि तिमीमा म
दात माझ्दा देखि कपडा लगाउने समय सम्म
केवल तिमी अनि म !!
थाह छैन म को के र कस्ती छु भनेर
आफूले आफूलाई देख्न नसकेर
हिड्छु त केवल एक तिम्रो सहारा,
हेरि एक झलक तिमीलाई हेर्लान त
म यस्तै ठानेर !!

