संघ \संस्था

तुलसीपुरनगर जेसीजद्धारा विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न

बाहुण्डाँगी माघ, १३ । तुलसीपुरनगर जेसीजको आयोजनामा आज विद्यार्थी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
तुलसीपुरनगर जेसीज बर्ष २०२१ का अध्यक्ष जेसि नेत्रलाल भट्टराई ( नारायण) को अध्यक्षता, तुल्सिपुर उपमहानगरपालिका निमित्त प्रशासकिय प्रमुख भास्कर गौतमको प्रमुख आथित्यता, बरिस्ठ साइकोलोजिस्ट डा। सुशील कडेल र इ।प्र।का तुलसीपुरका प्रमुख डीएसपी शिव बहादुर सिहको बिशिस्ट आथित्यमा भएको कार्यक्रममा १६ वटा बिद्यालयका ७३८ विद्यार्थीहरुको सहभागीता रहेको थियो।

प्रमुख प्रशिक्षक डा। कडेलले विद्यार्थीहरुलाइ मोबाईल प्रयोगको बारेमा सचेतना गराउनुको साथै पढाइलाइ कसरी अघि बढाउने बारेमा प्रशिक्षण गर्नुभएको थियो भने डि.एस.पि. शिव बहादुर शिहले साइबर क्राइमको बारेमा जानकारी गराउनुभएको थियो। कार्यक्रम संयोजक तथा तुलसीपुरनगर जेसिज बर्ष २०२१ का प्रबक्ता पुर्ण बिक्रम डाङीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा पुर्ब अध्यक्ष जेसि झरेन्द्र खरेलले सुभकामना मन्तव्य दिनुभएको कार्यक्रमको सहजीकरण बर्ष २०२१ का महासचिव जेसि दामोदर न्यौपानेले गर्नुभएको थियो।


कार्यक्रममा यस क्षेत्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, सामाजिक क्षेत्रका व्यक्ति तथा विभिन्न संघ संस्थाका व्यक्तिहरुको सहभागिता रहेको थियो ।