खेलकुद

युनाईटेड र आर्सनलको बराबरी

काठमाडौं, माघ १८ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र आर्सनलले बराबरी खेल्दै अंक बाडेका छन् ।

शनिबार राति भएको खेलमा युनाईटेड र आर्सनलले गोलरहित बराबरी खेलेका छन् । आर्सनलको मैदानमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।

बराबरीसंगै युनाईटेडले लिग लिडर म्यानचेस्टर सिटीसँगको अंक दुरी घटाउने गर्ने मौका गुमाएको छ । युनाईटेडको २१ खेलमा ४१ अंक रहेको छ । युनाईटेड सिटी भन्दा ३ अंकले पछि रहेको छ । आर्सनल ३१ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

यस्तै अर्को खेलमा एस्टन भिल्लाले साउथह्याम्पटनलाई पराजित गरेको छ । भिल्लाले साउथह्यामटनलाई १-० ले हराएको हो । भिल्लाको जितमा रोस बार्क्लीले निर्णायक गोल गरे ।