काठमाडौं, फागुन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद (प्रतिनिधसभा) विघटनविरुद्ध अभिव्यक्ति दिएपछि उपराष्ट्रपति नन्दबहादुर पुन विवादमा तानिएका छन् ।
संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउँदै सार्वजनिक मञ्चमा उपराष्ट्रपतिले दिएको अभिव्यक्तिलाई संविधान र कानुनका जानकारले ‘विवादास्पद’ भनेका छन्।
उपराष्ट्रपति पुनले बुधबार काठमाडौंमा नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले मुलुकलाई दुर्घटनातिर धकेल्न खोजेको दाबी गरेका थिए । अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ

