राजनीति

आज विराटनगरमा नेकपा बृहत् सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

विराटनगर, फागुन ८ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज विराटनगरमा प्रदेश स्तरिय बृहत् कार्यकर्ता भेला आयोजना गरेको छ । बृहत् सभाालाई नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने आयोजकले जनाएको छ ।

सभामा संविधानसभा अध्यक्ष एवम् नेकपा स्थायी समिति सदस्य सुवास नेम्वाङ, नेपाल सरकारका गृहमन्त्री तथा नेकपाका नेता राम बहादुर थापालगायतको शिर्ष नेताहरुले पनि सम्बोधन गने छन् ।

सभामा सहभागी हुन प्रदेश नं.१ का हजारौ नेता कार्यकर्ता कार्यक्रम स्थल प्रस्थान गर्न सुरु गरिसकेका छन् ।

त्यसैगरेर कार्यक्रमको पूर्व संध्यामा हिजो प्रधानमन्त्री ओलीको पूर्णकदको तस्बिर अंकित फ्लेक्स प्रदर्शन गर्दै आयोजना गरिएको मोटरसाइकल र्यालीले विराटनगर लगायत विभिन्न ठाउँको परिक्रमा गरी आमसभाको प्रचार गरेका थिए । र्यालीमा राजनीतिक अस्थिरता र अराजकता अन्त्य गरौं, विखण्डनकारीहरु होशियार, राजनीतिक स्थिरता कायम गरौं भन्ने जस्ता नाराहरु लगाइएका थिए ।