काठमाडौं, चैत ३० । आज प्रतिनिधि सभा बैठक बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन’ पेश हुने कार्यक्रम रहेको छ । संघीय संसदको महासचिव डा. भरतराज गौतमले विज्ञप्ति जारी गर्दै त्यस्तो जानकारी गराएका हुन् । यसअघि चैत २६ गते प्रतिनिधि सभाको बैठक बसेको थियो । Read More…
Month: April 2021
आज बस्ने भनिएको कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित
काठमाडौं, चैत ३० । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाई गोविन्दराज पौडेलको निधनका कारण बैठक स्थगित गरिएको हो । भाईको निधनका कारण वरिष्ठ नेता पौडेल उपस्थित नहुने भएपछि बैठक स्थगित गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले लोकपथलाई जानकारी दिए । सभापति शेरबहादुर देउवाको भनाईलाई उद्रृत गर्दै Read More…
आइपीएलः कोलकाताद्वारा हैदराबाद १० रनले पराजित
काठमाडौं, चैत ३० । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१मा विजयी शुरूवात गरेको छ । आइतबार राति सम्पन्न खेलमा कोलकाताले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै विजयी शुरूवात गरेको छ । जितको लागि १ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७७ रन बनायो । Read More…
मछिन्द्रलाई हराउँदै पन्जाव पुलिस सेमिफाइनलमा
विराटनगर, चैत ३० । विराटनगरको सहिद रंगशालामा जारी विराट गोल्डकपमा भारतको पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटरफाइनल खेलमा सहिद स्मारक ए डिभिजन लिग बिजेता मछिन्द्र क्लब काठमाण्डौंलाई २–० गोलले हराउँदै भरातको पंजाव पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । जितसँगै चैत ३१ गते हुने अप्रिकन रुट्स एसोसिएसन दोला क्यामरुन Read More…
मुख्यमन्त्री राईले गरे अग्नि पीडितलाई सहयोग
विराटनगर, चैत २९ । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले भोजपुरका अग्नि पीडितलाई राहत वितरण गरेका छन् । मुख्यमन्त्री राईले हतुवागढी गाउँपालिका वडा–८ पात्लेपानी खुकैलाका आगलागी पीडितलाईे आर्थिकसहित अन्य आवश्यक सामग्री सहयोग गरेका हुन् । मुख्यमन्त्री राईले आगलागी पीडितलाई प्रतिपरिवार ५० हजार नगद, टेन्ट, कपडा र आवश्यक खाद्यान्न सामग्री उपलब्ध गराएका छन् । सुख्खा मौसमका कारण Read More…
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
झापा, चैत २९ । पूर्व-पश्चिम राजमार्गस्थित विर्तामोड नगरपालिका-६ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका-५ बैसाबारीका ३८ वर्षीय रामकान्त चौधरी रहेको प्रहरीले जनाएको छ । पूर्वतर्फ आउँदै गरेको मे१ख २६२७ नंको बसलाई सोही दिशातर्फ आउँदै गरेको मे४प ६७४८ नंको मोटरसाइकलले उछिन्ने क्रममा विपरीत दिशाबाट आउँदै Read More…
आइपीएल: दिल्लीद्वारा चेन्नइ ७ विकेटले पराजित
झापा, चैत २९ । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा दिल्ली क्यापिटल्ससँग चेन्नेई सुपर किंग्स पराजित भएको छ । शनिबार राति भएको खेलमा दिल्लीले चेन्नेईलाई ७ विकेटले हराएको हो । १ सय ८९ रनको लक्ष्य दिल्लीले ८ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर पुरा गर्यो । दिल्लीका लागि शिखर धवनले ८५ रन बनाउँदा अर्का ओपनर Read More…
भारतको वेस्ट बंगाललाई हराउँदै विराटनगर सेमिफाइनलमा
विराटनगर, चैत २९ । विराटनगरको सहिद रंगशालामा जारी छैठौं विराट गोल्डकपमा भारतको युनाइटेड फुटबल क्बल वेस्ट बंगाललाई हराउँदै घरेलु टिम विराटनगर ११ सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा भारतको वेस्ट बंगाललाई ३–० गोलले हराउँदै विराटनगर सेमिफाइनलमा प्रवेश गरेको हो । जितका लागि विराटनगरका सुनिल खड्काले दुई गोल र प्रकाश बुढाथोकीले एक Read More…
सचेत नबने फेरि लकडाउन हुन सक्छ : प्रधानमन्त्री ओली
काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो चरणको कोरोनाबाट बच्नका लागि पुनः लकडाउन हुनसक्ने बताएका छन् । शनिवार नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री ओलीले केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले दिएको निर्देशन पालना नगरिएको खण्डमा लकडाउन हुनसक्ने बताएका हुन् । उनले भने, ‘सचेत नबने फेरि लकडाउनमा पुग्दैनौँ भन्ने छैन Read More…
कविताः पहिलो पाईला
उठ ए जेठा,उठ ए माहिली,उठ ए माहिला। समाज परिबर्तन र पिडित,दुखीलाइ हेर्ने पहिलो पाइला।। बस्ती बस्ती र गाउँ सहरमा धेरै राम्रो काम। असाहयलाई आश्रम, नाङ्गोलाई कपडा रे,भोकालाइ माम।। २०७५ सालमा स्थापना भए देखि सुरु भएको रे। जनताको सेवा गर्दै रक्षा गर्दै धेरै ठाउँ गएको रे।। कहिले राहत कार्यक्रम त कहिले दिप प्रज्वलन। हुनहुन्न भन्छ पहिलो Read More…










