स्वास्थ्य

इलाममा थप  २६ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या  छ सय नाघ्यो

 नरेन इलामेली

इलाम, जेेठ १० । मइलाममा पछिल्लो २४ घण्टामा २६ जनामा कोभिड-१९ ( कोरोना भाइरस) को संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न स्थानिय तहका कोरोनासँग मिल्दो जुल्दो लक्ष्ण देखिएका र कन्ट्याक ट्रेसिङमा परेकाहरुको जनाको पिसिआर तथा एन्टिजेन विधीबाट स्वाव परिक्षण गर्दा २६ जनामा संक्रमण पुष्टी भएको हो ।

पछिल्लो २४ घण्टामा जिल्लाको इलाम नगरपालिकामा ११,  चुलाचुली गाउँपालिकामा एक, रोङ गाउँपालिकामा ९ माइजोगमाई गाउँपालिकामा ४, र चुलाचुली गाउँपालिकामा एक जनामा संक्रमण पुष्टी भएको हो ।

संक्रमितको संख्या  छ सय नाघ्यो, हाल सम्म १६ जनाको मृत्यु

सोमबार जिल्लाको विभिन्न स्थानिय तहका २६ जनामा संक्रमण पुष्टी भए सँगै जिल्लामा कुल संक्रमितको संख्या ६ सय ५४  पुगेको छ । जिल्लाको सदरमुकाम समेत रहेको इलाम नगरपालिकामा हाल सम्म ३ सय दुई जना संक्रमित भएका छन् भने सूर्योदय नगरपालिकामा ६६, माइ नगरपालिकामा ४१, देउमाई नगरपालिकामा २४ जना संक्रमित भएका छन्। त्यस्तै चुलाचुली गाउँपालिकामा ४०,  रोङ गाउँपालिकामा ६१, माइजोगमाई गाउँपालिकामा ३३, फाकफोकथुम गाउँपालिकामा २४ , माङ्सेबुङ्ग गाउँपालिकाका ६० जना र सन्दकपुर गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।  

जिल्लामा दोश्रो लहरको कोरोनाको संक्रमणबाट हाल सम्म १६ जनाको मृत्यु भइसकेको छ । जिल्लामा हाल सम्म जिल्लाको इलाम नगरपालिकामा ८,  सूर्योदय नगरपालिकामा २ , चुलाचुली गाउँपालिकामा ३ तथा देउमाई नगरपालिका , माइ नगरपालिका र माईजोगमाई गाउँपालिमा एक-एक जनाको मृत्यु भएको हो ।

५ सय ६५  जना उपचाररत,  ७३ जना संक्रमणमुक्त

हाल जिल्लाका ५ सय ६५ संक्रमित उपचाररत रहेका छन् । संक्रमित मध्ये ५ सय २० जना होम आइसोलेशनमा रहेका छन् भने ४१ जनाको समान्य उपचार तथा ५ जनाको सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार भइरहेको  जनाइएको छ ।

हाल सम्म इलामका ७३३ जनाले दोश्रो लहरको कोरोनालाई जितेर घर फर्किएका छन् । जसमध्ये कोरोना संक्रमण मुक्त हुनेहरुमा  इलाम नगरपालिकाका ३६ जजा, सूर्योदय नगरपालिकाका ६ जना, रोङ गाउँपालिकाका १५ जना, माइ नागपालिकाका १० जना, चुलाचुली गाउँपालिकाका ३ जना, देउमाइ नगरपालिकाका १ र फाकफोकथुमका  २ जना रहेको जिल्ला प्रशासन कार्यालय इलामद्वारा सोमबार सार्वजनिक गरिएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

युवा उमेर समुहका धेरै संक्रमित

जिल्लामा धेरै जसो संक्रमित युवा उमेर समुहका रहेका छन्। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार १९ देखि ४० बर्ष उमेर समुहका धेरै संक्रमित भएका छन् । हाल सम्म सो  उमेर समुहका ३ सय ५७ जना संक्रमित भएका छन् । जिल्लामा १ देखि १८ बर्ष उमेर समुहका  ६८ जना,  १९ देखि ४० बर्ष उमेर समुहका ३ सय ५७ जना, ४ट देखि ६० बर्ष उमेर समुहका १ सय ६५ जना, ६१ देखि ८० बर्ष उमेर समुहका ५६ जना र ८१ बर्ष माथिका ८ जना संक्रमित रहेका छन् । त्यस्तै  संक्रमित मध्ये दुई सय ६५ जना महिला र  तीन सय ८९ जना पुरुष रहेका छन ्।