अन्य

जेसीजको राष्ट्रिय वक्तित्वकला उपाधीका लागि १२ जनाले प्रतिस्पार्धा गर्ने

देबु बानियाँ
बाहुण्डाँगी जेठ, १० । नेपाल जेसीजले आयोजना गरेको क्षेत्रीय स्तरीय अन्तरशाखा वक्तित्वकला प्रतियोगिताबाट १२ जना प्रतिस्पर्धी राष्ट्रिय उपाधीका लागि छनोट भएका छन् ।
राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालको २०२१ को राष्ट्रिय प्रकरण “परिवर्तनका लागि उठौ, मानव विकासका लागि नेतृत्वका अभ्यास” विषयक प्रतियोगितामा ४ वटा क्षेत्रबाट उत्कृष्ट ३ जनाका दरले छनोट भएका हुन् । पहिलो चरणमा हरेक क्षेत्रबाट छनोट गरेर उत्कृट १२ जनाले राष्ट्रिय प्रतियोगितामा प्रतियोगितामा मंगलवार बिहान ११ बजेबाट प्रतिस्पर्धा गर्ने राष्ट्रिय महासचिव सिनेटर विकास मानन्धरले बताउनु भयो ।


धरान जेसीजले आतिथ्यता गरेको एरिया ए बाट भद्रपुर जेसीजकी सविता कोइराला, चारआली जेसीजका हरिकृष्ण भण्डारी र धरान जेसीजका सृष्टिका भट्टराई छनोट भए । कार्यक्रम आतिथ्यता शाखाका अध्यक्ष मिनराज अधिकारीको सभापतित्व तथा निरुपित कार्यकारीणी उपाध्यक्ष सिनेटर अरुणकुमार दाहालले सञ्चालन गर्नु भएको थियो ।
यसैगरी, नारायणगढ जेसीजले आतिथ्यता गरेको एरिया बि बाट माडी जेसीजका शोभाकर पराजुली, पोखरा जेसीजका छविलाल पौडेल र हेटौडा जेसीजका अमृत बड्तौला चयन भएका छन् । आतिथ्यता शाखाका अध्यक्ष बासुदेव दवाडीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यकारीणी उपाध्यक्ष भोजराज चापागाईले गर्नु भएको थियो ।

काभ्रे जेसीजले आतिथ्यता गरेको एरिया सि बाट रामेछाप जेसीजका कौशल कार्की, काभ्रे लेडीकी अम्बिका दुलाल र नुवाकोटकी सुनिता अधिकारी छनोट भएका छन् । प्रतियोगितामा २० जनाको सहभागिता रहेका थिए । आतिथ्यता शाखाका अध्यक्ष सुभाष बैद्यको सभातित्व तथा एरिया सि का निरुपित कार्यकारीणी उपाध्यक्ष शिव भुषालले सञ्चालन गर्नु भएको थियो ।
यसैगरी, बिरेन्द्रनगर जेसीजले आथ्यिता गरेको एरिया डि बाट कोहोलपुर जेसीजकी कृतिका आचार्य, कञ्चन जेसीजका अस्मिन पौडेल र महेन्द्रनगर जेसीजका प्रयुस्त अवस्थी छनोठ भएका छन् । प्रतियोगितामा १६ जना सहभागि भएका थिए । आतिथ्यता शाखाका अध्यक्ष कमल लामिछनोको सभापतित्व तथा निरुपित कार्यकारीणी उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।
छनोट चरणको सभापन समारोहमा बोल्दै राष्ट्रिय अधयक्ष सिनेटर अरुणेश्वर खनालले विजेता हुदै राष्ट्रिय प्रतियोगितामा छनोट हुने सबैलाई बधाई तथा सहभागि भएर प्रतियोगिता सफल बनाउन साथ दिने सबै प्रति आभार व्यक्त गर्नु भयो ।
कार्यक्रममा राष्ट्रिय पदाधिकारी, पूर्व अध्यक्षहरु, विभिन्न शाखाका अध्यक्षलगायतको उल्लेखीय सहभागिता रहेको थियो ।
प्रतियोगिता मंगलवार जुम मार्फत ११ बजेबाट सुरु हुनेछ । प्रतियोगितामा विजेता हुनेलाई अवार्ड तथा पुरस्कार प्रदान गर्ने छ ।