अन्य

राष्ट्रिय वक्तित्वकला रामेछापका कौशल कार्की च्याम्पियन

बाहुण्डाँगी जेठ, १० । नेपाल जेसीजले अनलाइन मार्फत आयोजना गरेको राष्ट्रिय वक्तित्वकला प्रतियोगितामा रामेछाप जेसीजका कौशल कार्की च्याम्पियन बनेका छन् । मंगलवार सम्पन्न फाइनल प्रतियोगितामा ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै कार्कीले उपाधी चुमेका हुन् ।
सोमवार जेसीजका ४ वटा क्षेत्रबाट ३ जनाका दरले उत्कृष्ट १२ जना प्रतिस्पर्धीलाई छनोट गरिएको थियो । सोही छनोटका आधरमा मंगलवार भएको प्रतियोगितामा कार्कीले उपाधी जितेका हुन् ।
राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालको २०२१ को राष्ट्रिय प्रकरण “परिवर्तनका लागि उठौ, मानव विकासका लागि नेतृत्वका अभ्यास” विषयमा प्रतियोगिता भएको थियो । प्रतियोगितामा हेटौडा जेसीजका अमृत बडतौला दोस्रो भए भने नुवाकोट जेसीजकी सुनिता अधिकारी तेस्रो भएका राष्ट्रिय महासचिव सिनेटर विकास मानन्धरले बताउनु भयो । प्रध्यापक सुरेन्द्रप्रसाद पौडेलको मुख्य निर्णायकमा प्रतियोगिताका लागि ४ जना कार्यकारीणी उपाध्यक्षहरु समुनकृष्ण श्रेष्ठ, सिनेटर अरुण दाहाल, शिव भुषाल, भोजराज चापागाई निर्णायकहरु रहनु भएको थियो ।
मंगलवार भएको क्षेत्रगत रुपमा भएको प्रतियोगिताबाट भद्रपुर जेसीजकी सविता कोइराला, चारआली जेसीजका हरिकृष्ण भण्डारी, धरान जेसीजका सृष्टिका भट्टराई
माडी जेसीजका शोभाकर पराजुली, पोखरा जेसीजका छविलाल पौडेल, काभ्रे लेडीकी अम्बिका दुलाल, कोहोलपुर जेसीजकी कृतिका आचार्य, कञ्चन जेसीजका अस्मिन पौडेल र महेन्द्रनगर जेसीजका प्रयुस्त अवस्थी छनोठ भएका थिए ।