अर्थ स्वास्थ्य

ओझाद्वारा समस्या परेका परिवारलाई खाद्यान्नका लागि आर्थिक सहयोग

मेचीनगर, जेठ १७ । निषेधाज्ञा बढ्दै जाँदा दैनिक ज्यालादारी गुमाएका विपन्न मजदुरलाई यतिबेला समस्या परिरहेको छ । उनिहरूको समस्यालाई सहयोग गर्दै यतिबेला जिल्लाका विभिन्न संघसंस्थाले खाद्यान्न वितरण गरिरहेको छ ।

यसैबीच नेपाल औषधि व्यवसायी संघ झापाले पनि जिल्लाका अतिविपन्न परिवारलाई खाद्यान्न वितरण कार्यक्रम सञ्चालन गरिरहेको छ ।

मेचीनगरका युवा व्यवसायी हलेसी मेडिकल हलका सञ्चालक सोम ओझाले पनि औषधि व्यवसायी संघद्वारा सञ्चालित उक्त कार्यक्रम लागि आर्थिक सहयोग गरेका छन् । उनले खाद्यान्न वितरणका लागि नगद १० हजार सहयोग गरेका छन् ।

यसअघि पनि ओझाले मेचीनगरका एक दिर्घरोगी दम्पतीलाई एक महिनाको औंषधि र खाद्यान्नको सम्पूर्ण खर्च सहयोग स्वरूप उपलब्ध गराएका थिए ।