राजनीति संघ \संस्था

ढुङ्गा गिटीमा संलग्नलाई यथाशीघ्र कारबाहीको माग गर्दै युवा संघ नेपालले बुझायो ज्ञापन पत्र

मेचीनगर, जेठ १७ । मेची नगरपालिकाले नगरका नदिजन्य पदार्थ उत्खनन संकलन र बिक्रिबाट आउने राजश्व हिनामिनाका बिषयमा बिस्तृत छानविन नगरेको भन्दै युवा संघ नेपालले ज्ञापन पत्र बुझाएको छ ।

सोमबार नगरपालिका परिसरमा नै पुगेर युवा संघ नेपाल मेचीनगर कमिटीले नगर प्रमुख र उपप्रमुखलाई ज्ञापन पत्र बुझाउदै त्यसको ध्यानाकर्षण गराएको छ ।

संघले नगरप्रमुखको संयोजकत्वको नगरस्तरिय छानविन समितिले नदिजन्य पदार्थ उत्खननको प्रतिवेदन अझै सार्वजनिक नगरेको भन्दै त्यसको आलोचना समेत गरेका छन् ।

पछिल्लो समय ढुङ्गा गिटीले समग्र मेचीनगर आलोचीत बनिरहेको भन्दै त्यसको सत्यतथ्य पत्ता लगाई दोषी देखिएकालाई यथाशीघ्र कारबाही गर्न आफुहरूले ज्ञापन पत्र बुझाएको युवा संघका मेचीनगर अध्यक्ष मानबहादुर तामाङले बताए ।