स्वास्थ्य

इलामको माइजोगमाईमा कोरोनाका कारण थप एकको मृत्यु

नरेन इलामेली
इलाम, जठ २८ ।
इलामको माइजोगमाई गाउँपालिकामा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ ।

शुक्रबार विहान माइजोगमाई ५ सोयाङकी ६१ बर्षिय महिलाको कोरोनाबाट मृत्यु भएको माइजोगमाई स्वास्थ्य शाखाका प्रमुख तथा कोरोना फोकल पर्सन रामशंकर देवले जानकारी दिए ।

गएको जेठ २५ गते एन्टिजिन परिक्षण गर्दा उनीसँगै परिवारका पाँच जनामा कोरोनाको संक्रमण पुष्टी भएको थियो । परिवारका अन्य सदस्यको भने स्वास्थ्य अवस्था सामान्य रहेको देवले बताए ।

योसँगै माइजोगमाई गाउँपालिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । मृतक दुवै जना माइजोगमाई ५ सोयाङका रहेका छन् ।