धुलावारी जेठ २८ । बिहिवार धुलावारी स्वास्थ्य चौकीमा कोभिडको भ्याक्सिन लगाउने क्रममा भएको विवादका विषयमा एकतर्फी रुपमा सञ्चार माध्यममा आएको भन्दै धुलावारीका युवाहरुले आपत्ती जनाएका छन् ।
सत्यतत्य खोजी गर्न मेचीनगरका युवाहरुले आग्रह गरेका छन् ।
खोप लगाउने क्रममा वडा अध्यक्ष सुदय पनेरु र कमलमणी पौडेलविच भएको विवाद एकतर्फी रुपमा वडा अध्यक्ष पनेरु विरुद्ध मात्र समचार सम्प्रेण गरेको र एमाले वडा नम्बर ९ र १० ले विज्ञप्ति जारी गरेको भन्दै युवा संघ मेचीनगरका सदस्य विकास खड्काले आपत्ती जनाएका हुन् ।
उनले सामाजिक सञ्जालमा आफु भोलेन्टियर रुपमा सोही ठाउँमा रहेको र केही व्यत्तिहरुले वडा अध्यक्ष पनेरुमाथि गाली गलौज गरि उहाँ माथि नै आक्रमण गर्ने शैलिमा उत्रिएपछि पनेरु आक्रोसित भएको तर सञ्चार माध्यममा प्रतिशोध राखेर एकतर्फ समचार बनाइएको बताएका छन् । साथै उनले कसैको व्यक्तिगत कुण्ठा र प्रतिशोध साचेर पार्टीको लेटर प्याडमा उनै कमलमणी पौडेल र प्रकाश खड्काको हस्ताक्षरसहित विज्ञप्तिप्रति घारे भत्सर्ना भएको बताएका छन् । खड्काले समचारमा भनिए जस्तो उमेर हद भन्दा पनि आफ्नो पाटी र परिवारलाई खोप लगाइएको भन्ने आधार हिन कुरा भएका बताएका छन् ।
साथै उनले एमाले मेचीनगरले यो विज्ञप्तिका विषयमा छानविन नगरे ठूलो क्षति बेहोर्नु पर्ने समेत बताएका छन् ।
यसैगरी, साविक मेचीनगर १ युवा संघका सचिव महेश खड्काले बिहिवार स्वास्थ्य केन्द्रमा भएको घटना एकतर्फी रुपमा लक्षित गरि सम्प्रेण गरिएको आरोप लगाएका छन् । कोभिड विरुद्धको अभियानमा भोलेन्टियिरका रुपमा फन्टलाइनमा रहेर खटिरहेका खड्काले सयौँको संख्यामा उपस्थिति रहेको मासमा वडा अध्यक्षको प्रस्तुती मात्र खड्न भएको र समचार पनि प्रतिशोधका आधारमा लेखिएको बताए । उनले आफु त्यो समयमा त्यहि भएको र जे जति घटना बाहिर आयो त्यो एकतर्फी मात्र प्रतिशोधका आधारमा आएको बताए । यता समुन भण्डारीले आफु पनि त्यहि भएको तर घटना बाहिर आए जस्तो नभएको बताए ।
यता वडा अध्यक्ष पनेरुले साढे दुई बजेसम्म लक्षित वर्गका व्यक्तिहरुलाई खोप लगाइएको र पछि खोप अघिल्लो पटकको झै फिर्ता जाने अवस्था बुझपछि स्वासथ्यकर्मी र कर्मचारीहरुलाई लगाइएको बताए ।

