संघ \संस्था

कार्यबाहक वडाध्यक्षमा नेत्रप्रसाद दाहाल चयन

झापा, असार ८ । झापाकाे मेचीनगर नगरपालिका वडा- ७ को कार्यबाहक वडा अध्यक्षमा नेत्रप्रसाद दाहाल चयन भएका छन् ।

वडा समितिकाे निर्णयलाई आइतबार बसेकाे कार्यपालिका बैठकले अनुबाेधन गरेपछि दाहाल वडा-  नम्बर ७ काे कार्यबाहक अध्यक्ष भएकाे वडा नम्बर १३ का वडा अध्यक्ष तथा कार्यपालिका सदस्य कृष्णराज सिग्देलले बताए ।

गत जेठ ८ गते वडा अध्यक्ष चन्दन मेचे कोरोना संक्रमणका कारण निधन भए पछि वडा अध्यक्ष खाली रहेकाे थियाे । कोरोनाको नयाँ भेरियन्टको संक्रमणका कारण ५६ वर्षीय वडा अध्यक्ष मेचेको बिर्तासिटी अस्पतालमा निधन भएकाे थियाे ।

२०७४ को स्थानीय निर्वाचनमा नेपाली काग्रेसबाट निर्वाचित वडा अध्यक्ष मेचे स्थानीयस्तरमा अन्यन्तै लोकप्रिय नेताका रुपमा परिचित थिए । उनी आदीवासी जनजाति महासंघ झापाको अध्यक्ष, नेपाली कांग्रेस जिल्ला सदस्य समेत रहेका थिए ।