मेचीनगर, श्रावण २ । झापाका पुराना एवम् अग्रज समाजसेवी पुन्या प्रसाद पौडेलको शुक्रबार राति १२:१६ बजे ८८ बर्षको उमेरमा निधन भएको छ ।
धुलाबारी क्याम्पस प्रमुख एवम् नेपाली काङ्ग्रेस जिल्ला समिति सदस्य पुष्पराज पाैडेल र ग्रामीण बिकास बैंकको पुर्ब जेनेरल म्यानेजर रमेश पाैडेलसमेतका पिता पौडेलको मेचीनगर ८ स्थित निजि निवासमा निधन भएको परिवार स्रोतले जनाएको छ ।
नेपाली काङ्ग्रेसको पुर्ब महासमिति सदस्य स्व पौडेल जिल्लाका थुप्रै सामाजिक संघसंस्थाको नेतृत्व सफलतापूर्वक सम्हालीसकेका असल अभिभावक थिए । स्व पैडेलको अन्तिम दाहासंस्कार आज बिहान १०:३० बजे धुलाबारी स्थित रामघाटमा गर्ने पारिवारिक श्रोतले जनाएका छन् ।

